arrow

सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत टेनिस पोखरामा

logo
प्रकाशित २०७३ पुष ८ शुक्रबार
satau-ko-maskat-new-a.jpeg
पोखरा। नेपाल सरकार, राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा पूर्वाञ्चलमा हुने सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका खेलमध्ये टेनिस खेल भोलिबाट पोखरामा सुरु हुने भएको छ । 
 
नेपाल टेनिस सङ्घले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगितामा विभागी टिमहरु नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीसहित पाँच विकास क्षेत्रका पाँच टिम गरी आठ टिमको सहभागिता रहने जानकारी दिइयो । 
 
प्रतियोगितामा पुरुष ४० तथा महिला २२ गरी ६६ जना खेलाडी १६ स्वर्ण, १६ रजत र ३२ कास्य पदकका लागि प्रतिस्पर्धा हुने नेपाल टेनिस सङ्घका अध्यक्ष ज्योति राणाले जानकारी दिनुभयो । उहाँका अनुसार पूर्वाञ्चलमा टेनिस कोर्टहरु एकै ठाउँमा नभएका कारण प्रतियोगिता पूर्वाञ्चलमा सञ्चालन गर्न केही कठिन भएकाले पोखरामा आयोजना गरिन लागेको हो । 
 
प्रतियोगितामा महिला तथा पुरुषको टिम इभेन्ट, मेन्स सिङ्गल, डबल तथा महिला सिङ्गल, डबलतर्फ प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको व्यवस्थापिका–संसद् विकास समितिका सभापति रवीन्द्र अधिकारीले पुस ९ गते पोखरा रङ्गशालामा उद्घाटन गर्ने कार्यक्रम रहेको पत्रकार सम्मेलनमा जानकारी दिइयो । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ