arrow

बर्लिन आक्रमणका आरोपी प्रहरी अाक्रमणमा मारिए

logo
प्रकाशित २०७३ पुष ८ शुक्रबार
barlin.jpeg

काठमाडौं । बलिन आक्रमणका एक आरोपी शुक्रबार प्रहरी कारबाहीमा मारिएका छन् । अन्तराष्ट्रिय सञ्चारमाध्यमले दिएको जानकारी अनुसार उनी प्रहरी कारबाहीमा मिलन भन्ने ठाउँमा मारिएको इटालीका आन्तरिक सुरक्षा हेर्ने मन्त्रीले बताएका छन् ।

इटालीको सेस्तोसान जियोभान्नी क्षेत्र नजिक शुक्रबार गस्तीमा हिँडेका प्रहरीले शंका व्यक्त गरेपछि आरोपी अनिस आम्रीले प्रहरी माथि गोली प्रहार गरेको विविसीले जनाएको छ । उनको आक्रमणमा एक प्रहरी अधिकारी घाईते भएका छन् । उनको अवस्था खतरामुक्त रहेको छ ।

गत सोमबार बर्लिनको क्रिसमस मार्केटमा ट्रक छिराउँदा १२ जनाको ज्यान गईसकेको छ भने ४९ घाईते भएको इटालियन मिडियाले जनाएका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ