arrow

निःस्वार्थ काम गर्न प्रधानसेनापतिको निर्देशन

logo
प्रकाशित २०७३ पुष ८ शुक्रबार
Rajendra-Chhetri--new.jpg.jpeg
काठमाडौँ । प्रधानसेनापति राजेन्द्र क्षत्रीले पूर्वी पृतनाअन्तर्गतको सङ्खुवासभाको मकालु बरुण राष्ट्रिय निकुञ्ज सुरक्षार्थ तैनाथ श्री भीमकाली गुल्मको शुक्रबार निरीक्षण गरेका छन् । 
 
सो क्रममा  प्रधानसेनापतिले गुल्मको वस्तुस्थिति, तालिम, बन्दोबस्ती लगायतबारे जानकारी लिएका थिए । निरीक्षणपछि सकल दर्जालाई सम्बोधन गर्दै प्रधानसेनापति क्षत्रीले राष्ट्रिय निकुञ्ज सुरक्षामा निःस्वार्थ र उच्च मनोबलका साथ अनुशासित ढङ्गले काम गर्न निर्देशन दिए । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ