arrow

अनिल र विमलले गरे गोल, पश्चिमाञ्चलले पुलिसलाई हरायो

सातौं राष्ट्रिय खेलकूद

logo
प्रकाशित २०७३ पुष ९ शनिबार
news-FT-st.jpeg

काठमाडौं । सातौं राष्ट्रिय खेलकूदको पुरुष फुटबलमा पश्चिमाञ्चलले नेपाल पुलिस क्लबलाई हराएको छ । धरानस्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा भएको समूह ‘क’को खेलमा राष्ट्रिय टोलीका कप्तान अनिल गुरुङ र स्ट्राइकर विमल घर्तीमगर रहेको पश्चिमाञ्चल ३–० ले विजयी भएको हो ।

पश्चिमाञ्चलाई जिताउन पहिलो गोल विमलले गरे । विमलले खेलको २३औं मिनेटमा गोल गरेर सुरुवाती अग्रता दिलाउँदै पुलिसलाई दबाबमा राखे । त्यसपछिका दुई गोल भने अनिल गुरुङले गरे । अनिलले ७४ र ८४औं मिनेटमा गोल गरे । नेपाली राष्ट्रिय टोलीका पूर्व स्ट्राइकर जुमनु राई रहेको नेपाल पुलिस क्लब भने गोलविहिन रहयो ।   

समूहको पहिलो खेलमा पश्चिमाञ्चल र मध्यमाञ्चलसँग ३–० ले पराजित भएको थियो । अर्को खेलमा पूर्वाञ्चल र मध्यमाञ्चल खेल्दै छन् । समूह क मा अन्य टोलीले अघिल्लो चरण प्रवेशको सम्भावना राख्दा पूर्वाञ्चल अंकविहिन छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ