arrow

सातौं राष्ट्रिय खेलकूदको पहिलो स्वर्ण हरिकुमारलाई

महिलातर्फको पहिलो स्वर्ण ओलम्पियन सरस्वतीलाई

logo
प्रकाशित २०७३ पुष ९ शनिबार
harikumar-news.jpeg

काठमाडौं । सातौं राष्ट्रिय खेलकूदको पहिलो स्वर्ण पदक त्रिभुवन आर्मी क्लब धावक हरिकुमार रिमालले जितेका छन् । इटहरी रंगशालमा शनिबार बिहान पुरुषतर्फको  १५ सय मिटर दौडमा हरिले स्वर्ण जितेका हुन् ।

हरिकुमारले निर्धारित दुरी ४ मिनेट ४ सेकण्डमा पार गरे । १३ जना धावक रहेको दौडमा सेनाकै छत्रबहादुर दाहालले रजत जिते । छत्रले ४ मिनेट ४ दशमलव ७३ सेकेण्डमा निर्धारित दुरी पार गरे । तेस्रो हुने नेपाल पुलिसका करण खड्काले  कांस्य पदक जिते ।

महिलातर्फको पहिलो स्वर्ण सरस्वतीलाई
१५ सय मिटर दौडमा सेनाकै सरस्वती भट्टराईले स्वर्ण जितिन् । सरस्वती सातौं राष्ट्रिय खेलकूदमा स्वर्ण पदत जित्ने पहिलो महिला बनिन् । सरस्वतीले निर्धारित दुरी ४ मिनेट ४३ दशमलव ३७ सेकेण्डमा पार गरिन् ।

सरस्वती ५ वर्षअघि सुदूरपश्चिमाञ्चलमा भएको छैटौं राष्ट्रिय खेलकूदमा घरेलु टोलीका तर्फबाट सहभागि भएकी थिइन् । छैटौं राष्ट्रिय खेलकूदमा चौथो भएकी सरस्वती तीन वर्षअघि मात्रै नेपाली सेनामा भर्ना भएकी हुन् । उनी ब्राजिलको रियो दि जेनेरियोमा भएको ग्रीष्मकालीन ओलम्पिकमा समेत सहभागि भएकी थिइन् । सशस्त्र प्रहरीको एपीएफकी पुमली रानाले रजत जितिन् । तेस्रो हुने आर्मीकी लक्ष्मी पाण्डेले कांस्य पदक पाएकी छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ