arrow

क्रिकेटमा आर्मीको जित, सुदूरपश्चिमको हार

सातौं राष्ट्रिय खेलकूद

logo
प्रकाशित २०७३ पुष ९ शनिबार
satau-ko-maskat-new-a.jpeg

विराटनगर ।  सातौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष क्रिकेटमा त्रिभुवन आर्मी क्लब विजयी भएको छ । मोरङको वैजनाथपुरमा भएको खेलमा आर्मीले सुदूरपश्चिमाञ्चललाई ८७ रनले हरायो ।

टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले निर्धारित २० ओभर खेल्दै ३ विकेटको क्षतिमा २ सय ९ रनको योगफल बनायो । आर्मीका लागि नरेश बुढाऐरले अजिवित ८१ रन बताए । सागर पुनले ४४ तथा विनोद भण्डारीले ३४ रन जोडे ।

२ सय १० रनको चुनौती पछ्याएको सुदूरपश्चिमाञ्चल ५ विकेट गुमाउँदै १ सय २२ रनमै समेटियो । सुदूरपश्चिमका लागि रोशन नेपालीले ५० रन बनाउँदा दिपक मल्लले २२ रन जोडे ।

सुदूरपश्चिमलाई कमजोर पार्न आर्मीका राहुल विकले २ तथा सोमपाल कामी, विक्रम सोब र जितेन्द्र मुखियाले समान १–१ विकेट लिए । सातौंको औपचारिक उद्घाटनका दिन शुक्रबार शसस्त्र प्रहरीको एपिएफ र मध्यमाञ्चल विजयी भए ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ