arrow

विभिन्न मुलुकले छापेकाे १ लाख भन्दा माथिका नाेटहरु

यस्ताे छ पैसाको अभाव टार्न जिम्बाबेले आफू खुशी छापेको १ खर्बको नोट

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७३ पुष ९ शनिबार
bond-note-of-JImbabe.jpeg
काठमाडौं। तपाईँलाई पैसाको अभाव भयो भने के गर्नुहुन्छ ? थप काम गर्नुहुन्छ, परिश्रम गर्नुहुन्छ या त कुनै अन्य। राज्यको पनि अवस्था त्यही हो। कुनैपनि राज्यले आफूले छाप्ने पैसाको लागि त्यही अनुपातमा पैसा धरौटी राख्नुपर्छ। अनि मात्रै पैसा छाप्न पाईन्छ। तर, पैसाको अभाव भयो भनेर आफैंले भटाभट पैसा छापियो भने त्यो अवस्थामा के होला ? 
 
जिम्बाबेले एकपटक यही खुल्दुली मेटिनेगरी आफैंले भटाभट पैसा छापेर विश्वलाई चकित गराईदिएको थियो। आफ्ना शत्रुहरुसँग मुलाकात गर्नको लागि जिम्बाबेका तत्कालीन राष्ट्रपतिले निकालेको उपायका कारण एक पटक जिम्बाबेको बण्ड नोटको मूल्य पनि अमेरिकी डलर बराबर पुगेको थियो। पछिल्लो ७ वर्षदेखि जिम्बाबेको अर्थतन्त्र ५ सय अर्ब प्रतिशतको मुद्रास्फीति पछि अहिले  पूर्णतया वैदेशिक मुद्रामा आश्रित बनेको छ। एक पटक त्यहाँको सरकारले गरेको खराव व्यवहारका कारण त्यहाँको स्थानीय मुद्रालाई कसैले पनि विश्वास गर्न छाडेपछि त्यहाँको सरकार पूर्णतया संकटमा पर्‍यो र आफ्नो गलत निर्णय सच्याउन बाध्य भयो। 
 
कसरी भयो जिम्बाबेमा संकट ?
कसरी भयो त यस्तो संकट ? यसको झनै कहानी रोचक रहेको छ। एकपटक त्यहाँ बेलगाम रुपमा मुद्रास्फीति चुलियो। कसैगरेर पनि त्यहाँको सरकारले मुद्रास्फीति रोक्न नसकेपछि त्यहाँको केन्द्रीय बैंकले १ खर्ब डलरको एउटै नोट छपाएर मुद्रास्फीति कमगर्ने प्रयास गरेको थियो। २००८को जिम्बाबे सरकारको एउटा रिपोर्टका अनुसार २३ करोड प्रतिशत मुद्रास्फीतिको समेत भोगाई जिम्बाबे सरकारले भोगेको छ। तर त्यहाँका स्वतन्त्रताबादी प्रवुद्ध वर्गहरुको भनाईलाई आधार मान्ने हो भने त्यहाँको त्यतिबेलाको यथार्थ मुद्रास्फीति ८९ अर्ब खर्ब प्रतिशत पुगेको थियो। 
 
आज भन्दा ७ वर्ष अगाडि अर्थात् २००८ मा जिम्बाबे दक्षिणी अमेरिकी मुलुकहरुको कारण उच्च मुद्रास्फीतिको समस्यामा पिल्सिरहेको थियो। त्यसबाट पीडित भएपछि जिम्बाबे सरकारले अमेरिकी डलरको बराबर हुनेगरी २ र ५ डलरका मुद्रा छाप्ने निर्णय गर्‍यो। 
 
त्यतिबेला जिम्बाबेका राष्ट्रपति थिए रोबर्ट मुकावे। यसरी केही समय विश्व अर्थतन्त्रसँग सरोकार नै नराखी आफ्नै सुरमा मुद्रा छपाएर आफैं आत्मनिर्भर बनेको मुलुकले पछि भने बाध्य भएर विश्वसँग घुँडा टेक्नु पर्‍यो। विश्वका कुनैपनि मुलुकले त्यहाँको मुद्रालाई विश्वास नै गरेनन् । जसका कारण त्यहाँ कुनैपनि मुलुक व्यापारमा जोडिन समेत छाडे। अन्ततः जिम्बाबे सरकार विश्वसँग झुक्न बाध्य भयो। 
 
त्यतिबेला त्यहाँ यस्तो अर्थतन्त्र चलायमान हुन्थ्यो कि कुनैपनि व्यक्ति चिया खान बसेको खण्डमा चियाको पैसा तिर्ने बेलामा चियाको मूल्य नै दोब्बर भईसक्ने अवस्था थियो। यसरी जिम्बाबेले निकालेको त्यो नोट सम्बवतः विश्वकै सबैभन्दा ठूलो नोट हो।
 
कस्ताकस्ता नोटहरु प्रकाशित भए विश्वमा ? 
विश्वमा उच्च मूल्यको नोटहरु प्रकाशनको इतिहास हेर्ने हो भने अमेरिकाले सन् १९६९ मा १ लाखको नोट प्रचलनमा ल्याएको थियो। त्यतिबेला राष्ट्रपति निक्सनको निर्देशनमा सो मुद्रा प्रकाशित गरिएको थियो। तर सो मुद्रा पनि प्रचलनमा आउन भने नसकेको बताईन्छ। त्यतिबेला राष्ट्रपति बनिसकेका उडर विल्सनको तस्वीर राखेर मुद्रा प्रकाशित गरिएको थियो। उक्त मुद्रा अमेरिकी संग्रहालयमा अहिलेपनि देख्न सकिन्छ। 
 
त्यस्तै, युरोपियन युनियन भित्रका मुलुकहरुले अहिले ५०० यूरोको मुद्रा प्रचलनमा ल्याएका छन्। तर इटालीले आफू स्वयत्त रुपमा मुद्राको प्रचलन चलाउँखा भने ५ लाखसम्मको नोट प्रचलनमा ल्याएको थियो। विश्व रेकर्ड राख्नेगरी भने अहिलेसम्म हंगेरीले मुद्रा छापेको थियो। दोस्रो विश्व युद्धपछि हंगेरीले  १० मरनेड अर्बसम्मको नोट प्रचलनमा ल्याएको थियो। जुन सन् १९४६ मा नयाँ नोट अंगिकार गरेसँगै लोप भएको थियो। 
 
१ अमेरिकाले छापेकाे १ लाखकाे नाेट
२‍ इटालीले छापेकाे ५ लाखकाे नाेट
३‍ नयाँ नाेट अ‌गीकार गरेपछि पुरानाे नाेटलाई बढार्दै  ह‌गेरीका स्वीपर



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ