arrow

मध्यमाञ्चल समूहको शीर्ष स्थानमा, पूर्वाञ्चल संकटमा

सातौं राष्ट्रिय खेलकूद : पुरुष फुटबल

logo
प्रकाशित २०७३ पुष ९ शनिबार
news-FT-st.jpeg

सुनसरी । मध्यमाञ्चल विकास क्षेत्र पूर्वाञ्चलमा जारी सातौं राष्ट्रिय खेलकूद अन्तर्गत पुरुष फुटबलमा उत्कृष्ठ प्रर्दशन गरेको छ । शनिबार धरानमा भएको खेलमा पूर्वाञ्चललाई १–० ले हराउँदै मध्यमाञ्चल समूह ‘क’को शीर्ष स्थानमा उक्लिएको हो ।

मध्यमाञ्चलाई जिताउन  बिनेश देन्जनले ७३औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । पूर्वाञ्चलले समूह चरणका दुवै खेल गुमाएको छ । पहिलो खेलमा नेपाल पुलिससँग पराजित भएको पूर्वाञ्चल दोस्रो खेल पनि गुमाएपछि अंकविहिन छ ।

मध्यमाञ्चलले ६ अंक जोड्दै अघिल्लो चरणको बाटो तय गरेको छ । समूक ‘क’मा रहेका नेपाल पुलिस र पश्चिमाञ्चलले समान ३–३ अंक बटुलेका छन् । आइतबार समूह ‘ख’का दुई खेल हुँदै छन् । एपीएफ र सुदूरपश्चिम भिड्दा आर्मी र मध्यपश्चिम आमुन्ने सामुन्ने हुने छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ