arrow

सातौं राष्ट्रिय खेलकूद : महिला फुटबलको स्वर्ण एपीएफलाई

फाइनलमा पुलिस स्तब्ध

logo
प्रकाशित २०७३ पुष ९ शनिबार
satau-ko-maskat-new-a.jpeg

सुनसरी । सातौं राष्ट्रिय खेलकूद अन्तर्गत महिला फुटबलको स्वर्ण विभागिय सशस्त्र प्रहरीको एपीएफले जितेको छ । दुहबी रंगशालामा भएको फाइनलमा अर्को विभागिय नेपाल पुलिस क्लबलाई टाइब्रेकरमा ४–२ हराउँदै एपीएफले स्वर्ण पदक जितेको हो ।

निर्धारित समयको खेल गोलरहित बराबरी भएपछि निर्णय टाइब्रेकरबाट लिइएको हो ।

टाइब्रेकरमा एपीएफकी लक्ष्मी पौडेल, मञ्जु दोङ, अनिता केसी र सिर्जना चेम्जोङ गोल गरे । पुलिसका लागि धीमकुमारी गुरुङ र सिर्जना खड्काले मात्र पेनाल्टी सदुपयोग गर्न सके ।

सेमिफाइनलमा एपीएफले त्रिभुवन आर्मीलाई ३–० ले हराउँदा पुलिसले मध्यमाञ्चललाई ५–० गोल अन्तरले हराएको थियो । जितसँगै एपीएफले स्वर्ण जित्यो । उपविजेता बनेको पुलिसले रजत पायो । तेस्रो स्थानको लागि भएको खेलमा मध्यमाञ्चललाई २–१ ले हराउँदै आर्मीले कांस्य पदक हात पारेको छ । –मधुसुदन खनाल (रेफ्रि एसोशिएट)को सहयोगमा



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ