arrow

पाटन प्रतिष्ठानको एमविविएस परीक्षा विवाद : दुवै नतिजासूची बदर गर्न निर्देशन

परीक्षाकाे निष्पक्षताका लागि स्वतन्त्र समिति गठन

logo
प्रकाशित २०७३ पुष ९ शनिबार
Patan-Health-Science-Academy.jpeg
काठमाडौ । पाटन विज्ञान प्रतिष्ठानको एमविविएस परीक्षामा देखिएको विवादलाई मन्त्रालयले हस्तक्षेप गरेको छ । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले एमबीबीएस अध्ययनको लागि गत कार्तिकमा लिएको प्रवेश परीक्षाको पहिलो र दोस्रो दुवै नतिजासूचीलाई स्वास्थ्य मन्त्रालयले बदर गर्न निर्देशन दिएको हो । 
 
प्रतिष्ठानले गत मंसिर १५ र १७ गते प्रकाशित गरेको नतिजासूची विवादित भएपछि स्वास्थ्य मन्त्रालयले चिकित्सा सेवा महाशाखाका प्रमूख डा. भोलाराम श्रेष्ठको संयोजकत्वमा समिति गठन गरि छानविन गरेको थियो । नतिजासूची प्रकाशित गर्दा कोडिङ तथा डिकोडिङका क्रममा गम्भीर त्रुटी तथा लापर्वाही गरेको ठहर सहितको प्रतिवेदन छानविन समितिले बुझाएपश्चात मन्त्रालयले दुवै नतिजासूची बदर गर्न निर्देशन दिएको हो । 
 
त्रुटिपूर्ण नतिजाका लागि जिम्मेबार पदाधिकारी तथा कर्मचारीलाई आवश्यक कारबाही गर्न प्रतिष्ठानका कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहाल समक्ष सहकुलपति एवं स्वास्थ्यमन्त्री गगन कुमार थापाले सिफारिस गरेका हुन् । मन्त्रालयले यस पटकको लागि प्रथम चरणको परिक्षामा सम्मिलित सवै अर्थात् १७६९ जना परिक्षार्थीलाई बाँकी परीक्षामा सहभागी गराई मेरिट प्रणालीका आधारमा विद्यार्थी छनौट गर्न समेत निर्देशन दिएको छ । 
 
परीक्षाको निस्पक्षता, स्वतन्त्रता एवं बस्तुनिष्ठता कायम राख्न पूर्वशिक्षा सचिव दिपेन्द्रविक्रम थापाको संयोजकत्वमा कानुनविद् विजय मिश्र र परिक्षाविद् सिताराम बुढाथोकी रहेको तीन सदस्यीय परीक्षा अनुगमन तथा समवन्य समिति गठन गरेको छ । समितिलाई परीक्षाको बाँकी प्रक्रियाको अनुगमन र समन्वय गर्न तथा समग्र परीक्षा प्रणालीको अध्ययन अनुसन्धान गरी प्रतिवेदन दिने जिम्मेबारी तोकिएको चिकित्सा सेवा महाशाखा प्रमुख डा श्रेष्ठले जानकारी दिए । 
 
एमविविएस प्रवेश परीक्षाको गहनता, समयको सिमितता, शैक्षिक सत्रमा पर्न सक्ने प्रभाव र सयौं विद्यार्थीको भविष्यलाई मध्यनजर गर्दैै मन्त्रालयले निकास दिइएको स्वास्थ्य मन्त्री गगनकुमार थापाका सल्लाहकार प्रताप पौडेलले जानकारी दिए ।  प्रतिष्ठानले हरेक शैक्षिक सत्रमा ६० जनालाई एमबीबीएस पढाउदै आएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ