arrow

स्व‍‍. पत्रकार क्षेत्रीका छोरालार्इ अष्ट्रेलियामा बस्ने नेपालीले पढाइदिने

logo
प्रकाशित २०७३ पुष ९ शनिबार
surya-kumar.jpg.jpeg
सिड्नी । स्व पत्रकार सूर्यकुमार क्षेत्रीका छोराको अध्ययनको लागि अस्ट्रेलियामा रहेका नेपालीहरुले सक्रियता देखाएका छन् । अल्पायूमा नै ज्यान गुमाउन पुगेका क्षेत्रीका छोरा सुसन कुमार क्षेत्रीलार्इ अस्ट्रेलियामा रहेका नेपालीहरुले माध्यमिक तहसम्म पढाउने जिम्मा लिएका हुन् । 
 
अागामी शैक्षिकशत्रदेखि उनको अध्ययनमा लाग्ने सम्पूर्ण खर्च बेहोर्ने निर्णय शनिबार बिहान सिड्नीमा भएको नेपलिज अस्ट्रेलियन डेमोक्रेटिक फोरमको बैठकले गरेको हो । उक्त्र बैठकले क्षेत्रीलार्इ माध्यमिक तह पूरा नगरुन्ज्याल मासिक दुई सय अस्ट्रेलियन डलर दिने निर्णय गरिएको प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलले जानकारी दिए । 
 
यस विषयमा शनिबार नै नेपाल प्रेस युनियन र फाेरमबीच समझदारी समेत भएकाे छ । उक्त समझदारीपत्रमा हस्ताक्षर गर्नका लागि प्रेस युनियनका तर्फबाट अध्यक्ष सिग्देल अष्ट्रेलिया गएका थिए । शनिबार नै फोरम र युनियनबीच उक्त समझदारीपत्रमा हस्ताक्षर समेत भएको छ । उक्त समझदारीपत्रमा फोरमका तर्फबाट अध्यक्ष विवेक थापार युनियनका तर्फबाट अध्यक्ष सिग्देलले हस्ताक्षर गरेका छन् । 
 
क्षेत्रीका छोरा सुसन अहिले भीएस निकेतनमा कक्षा ३ मा पढ्दै आएका छन् । उनलाई अब प्रत्येक ६÷६ महिनामा उक्त सहयोग रकम हस्तान्तरण गरिनेछ । योसँगै नेपालका पत्रकारलार्इ तालिम तथा ब्यक्तित्व बिकासका लागि पनि मञ्चले निरन्तर सहयोग समझदारी पनि भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ