arrow

राष्ट्रिय खेलकूदमा पर्शुरामको ह्याट्रिक

logo
प्रकाशित २०७३ पुष ९ शनिबार
Parshuram-Bastola-FNL.jpeg

काठमाडौं । सशस्त्र प्रहरी बल एपिएफका पर्शुराम बास्तोलाले पूर्वाञ्चलमा जारी सातौं राष्ट्रिय खेलकुदमा स्वर्ण पदक जित्दै राष्ट्रिय खेलकुदमा ह्याट्रिक गरेका छन् ।

विराटनगरस्थित शहीद रङ्गशालामा करातेको पुरुष एकल कातामा बास्तोलाले नेपाली सेनाका डम्बर बहादुर आलेमगरलाई पराजित गर्दै स्वर्ण पदक जितेका हुन् ।

बास्तोलाले काठमाडांैमा भएको पाँचौ र धनगढीमा भएको छैठौं राष्ट्रिय खेलकुदमा समेत स्वर्ण पदक जितेका थिए । यो उनको तेस्रो स्वर्ण पदक हो ।

ह्याट्रिक गरेपछि बस्तोला खुशी भए । यस्तै, सुदूरपश्चिमका ललित खत्री र मध्यमाञ्चलका सुमन पुलामी मगरले कांस्य पदक जिते ।

यस्तै, महिला तर्फको एकल कातामा नेपाल प्रहरीकी निर्मला तामाङ्गले मध्यमाञ्चलकी अप्सरा मोक्तानलाई पाखा लगाउंदै स्वर्ण जितिन् । सशस्त्रकी सरिता श्रेष्ठ र सुदूरपश्चिमकी वर्षा साउदले कांस्यमा चित्त बुझाए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ