arrow

उपत्यकाको ढलको पानी प्रशोधन गरेर नुहाउन मिल्ने बनाइने

logo
प्रकाशित २०७३ पुष १० आइतबार
dhal.jpeg
काठमाडौं । उपत्यकाको ढलको पानी प्रशोधन गरेर नुहाउन मिल्ने बनाइने भएको छ । आयोजना कार्यान्वयन निर्देशनालय पिआइडीले ढलको पानी सफा बनाउन काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न स्थानमा ढल प्रशोधन केन्द्र स्थापना गर्ने तयारी गरेको छ । 
 
ढलको पानी प्रशोधन गर्न पशुपतिको गुह्येश्वरी, भक्तपुरको सल्लाघारी, ललितपुरको बालकुमारी काड्कु र धोबीघाटमा केन्द्र सञ्चालन गरिन लागेको हो । 
 
अत्याधुनिक प्रविधिको प्रयोग गरी ढलको पानी नुहाउन मिल्ने गरी प्रशोधन गर्ने तयारी गरिएको निर्देशनालयका प्रवक्ता लीलाप्रसाद ढकालले बताए । 
 
उनका अनुसार प्रशोधित पानीलाई बागमतीमा पठाइनेछ । ढल प्रशोधन केन्द्रमा नेपाल सरकारको ४० प्रतिशत र एसियाली विकास बैँक एडिबीलगायत अन्य दातृनिकायको ६० प्रतिशत लगानी रहेको छ । 
 
प्रशोधन केन्द्र हरियाली बनाइने 
 
प्रशोधन केन्द्र्रमा आधुनिक प्रविधिद्वारा कभरले ढाकिने भएकाले वरिपरिको वातावरणमा कुनै असर नपर्ने निर्देशनालयले जनाएको छ । 
 
छेउछाउमा रूख–बिरुवा रोपेर प्रशोधन केन्द्र हरियाली बनाइने ढकालले बताए । 
 
गुह्येश्वरी केन्द्र डेढ वर्षभित्रै सञ्चालनमा आउने 
 
उपत्यकाका चार ढल प्रशोधन केन्द्रमध्ये गुह्येश्वरीको डेढ वर्षभित्र पूरा भई सञ्चालनमा आउने भएको छ । 
 
त्यसका लागि टेन्डर जारी भइसकेको छ । अरू तीन प्रशोधन केन्द्रको सबै प्रक्रिया पूरा भइसकेकाले टेन्डरको प्रक्रियामा रहेको ढकालले बताए । (नयाँ पत्रिका दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ