arrow

झमककुमारीको ‘प्रेमिल आकाश’ सार्वजनिक

logo
प्रकाशित २०७३ पुष १० आइतबार
jhamak-kumari-ghimire.jpeg
धनकुटा । साहित्यकार डाक्टर झमककुमारी घिमिरेको प्रकाशित १३औँ साहित्य कृति कविता सङ्ग्रह ‘प्रेमिल आकाश’ गृह जिल्लामा सार्वजनिक गरिएको छ । शनिबार धनकुटा सदरमुकाममा झमक घिमिरे साहित्य कला प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा प्रेमिल आकासमा समेटिएका ४९ वटा कविताको २४ जना स्रष्टाले विभिन्न आयामबारे परिचर्चासमेत गरेका छन् । 
 
कविता सङ्ग्रह परिचर्चा सँगै यसै वर्ष मध्यपश्चिमाञ्चल विश्वविद्यालयले झमकलाई विद्यावारिधिको मानार्थ उपाधि दिएको खुसियालीमा सम्मान तथा बधाई दिन कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ ।
 
सेरेब्रलपाल्सी नामक मस्तिष्क पक्षघातले पीडित साहित्यकार घिमिरेका यो सङ्ग्रहसहित विभिन्न विद्याका १३ वटा साहित्यिक पुस्तक प्रकाशित भइसकेका छन् । 
 
यसअघि ‘जीवन काँडा कि फूल’ सङ्ग्रहबाट मदन पुरस्कार पाएकी झमकले प्रेमिल आकासमा गद्य कविता सङ्ग्रहमार्फत हालसम्म आफूले जीवन बुझेदेखिको भोगाइ सचित्र व्याख्या गरेकी छन् । 
 
पुस्तक सार्वजनिक एवम् परिचर्चा र बधाई सम्मान कार्यक्रममा झमकको जीवनमा आधारित चलचित्रसमेत तयारी गरी प्रदर्शनको तयारमा रहेको प्रतिष्ठानले जनाएको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ