arrow

सरकाले क्रिसमसमा मात्र होइन, एकता दिवसमा पनि बिदा दिइनुपर्छः मन्त्री केसी

logo
प्रकाशित २०७३ पुष १० आइतबार
arjun_narsingh_kc.png.png
चितवन । सहरी विकासमन्त्री अर्जुननरसिंह केसीले आइतबार सरकारले क्रिसमसको सार्वजनिक बिदा दिए झै पुष २७ गते राष्ट्रिय एकता दिवसका अवसरमा पनि बिदा दिइनुपर्ने बताएका छन् । 
 
नेपाल प्रेस युनियन चितवनले भरतपुरमा निर्माण गर्दै गरेको भवनको आइतबार निरीक्षणपछि पत्रकार सम्मेलनमा उहाँले आफ्नो यसमा निरन्तर जोड रहने बताए । ठूला तीन दल र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा एकै ठाउँमा बसेर अहिलेको समस्याको समाधान निकाल्नुपर्ने बताउँदै उहाँले संविधान कार्यान्वयनका लागि सबै दल एकै ठाउँमा उभिनाको विकल्प छैन भने । 
 
संसद्मा पेस भएको संविधान संशोधन प्रस्ताव फिर्ता नहुने बताउँदै उनले भने , “फिर्ता लिन सम्भव छैन, असफल बनाउने अधिकार विपक्षीलाई छ ।” संसदीय प्रक्रिया रोकिँदा स्थानीयदेखि संसदीयसम्मका निर्वाचन गराउन निर्माण गर्नैपर्ने ५० जति विधेयकमाथि छलफल रोकिएको उनले बताए । 
 
 
सो अवसरमा युनियनको भवन निर्माणका लागि उद्योग सङ्घ चितवनका उपाध्यक्ष त्रिलोचन कँडेलले २५ हजार प्रदान गरेका थिए । भवन गत वर्षे आइतबारकै दिन शिलान्यास गरिएकामा निर्माण सम्पन्न हुने क्रममा छ । रासस 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ