arrow

आफ्नै मन्त्रीले ल्याएको ऐनविरुद्ध उत्रियो श्रमिक काँग्रेस

logo
प्रकाशित २०७३ पुष १० आइतबार
Congres-FNL.jpg.jpeg

विराटनगर । औधोगिक क्षेत्रमा कानुनी रुपमा बन्द हडताल गर्न नपाउने तथा नो वर्क नो पेको विरोध गर्दै नेपाली कांग्रेसनिकट नेपाल कारखाना श्रमिक संघले दोश्रो चरणको आन्दोलन घोषणा गरेको छ ।

संघले विराटनगरमा पत्रकार सम्मेलनगरी औधोगिक  व्यवसाय सम्बन्धि ऐनमा भएको श्रमिक विरोधी दफाहरु खारेज गर्न भन्दै  श्रमिकसंघले आन्दोलनको घोषणा गरेको हो ।

सामाजिक सुरक्षा ऐन र श्रम ऐन संसदमा छलफलमा रहेकाले यो जस्ताको त्यस्तै लागु भए श्रमिकहरु मारमा पर्ने भन्दै संघले ऐन खारेज हुनुपर्ने माग राखेको छ ।

संघले पुष मसान्तदेखि माघ–१६ सम्म दबाब मुलक कार्यक्रम घोषणा गरेको छ । विरोध कार्यक्रममा पर्चापम्पलेट वितरण, नेपाली काँग्रेसको पार्टी कार्यालयमा ज्ञापनपत्र बुझाउने, हातमा कालोपट्टी बाँधेर कामगर्ने जस्ता कार्यक्रम घोषणा गरेका छन् ।

यसैगरी, सरकारले निजिकरण गर्न लागेका उद्योगलाई सरकारले आफै संचालन गर्न समेत श्रमिकहरुले माग गरेका छन् । शान्तिपूर्ण  आन्दोलन गर्दा समेत सरकारले आफना मागहरुलाई सम्बोधन नगरे फागुनको दोश्रो साता देखि उद्योग कलकारखाना समेत बन्द गर्ने संघको चेतावनी छ  ।

संघका राष्ट्रिय अध्यक्ष धिरेन्द्र कुमार साहले आफुहरु नेपाली काँग्रेसको सुभेच्छुक संस्था भएपनि माग सम्बोधनका लागि काँग्रेसले पहल नगरेको गुनासो गरे ।  

संघका सह–कोषाध्यक्ष जर्नादन निरौलाले सामाजिक सुरक्षा ऐनलाई परिमार्जन नगरीकन पारित गरिए यसले मजदुरलाई मात्र नभई  पत्रकारिता क्षेत्रलाई समेत असर गर्ने बताए । संघमा ४० हजार मजदुर आवद्ध छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ