arrow

फुटबल : एपीएफ र सुदूरपश्चिम बराबरीमा रोकिए

सातौं राष्ट्रिय खेलकूद

logo
प्रकाशित २०७३ पुष १० आइतबार
news-FT-st.jpeg

काठमाडौं । सातौं राष्ट्रिय खेलकूदको पुरुष फुटबलमा सशस्त्र प्रहरी बलको एपीएफ र सुदूरपश्चिमाञ्चलले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।

धरानस्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा भएको समूह ‘ख’को खेलमा एपीएफ र सुदूरपश्चिमले गोलरहित बराबरी खेलका हुन् । डेफेन्डिङ च्याम्पियन सुदूरपश्चिमालाई अघिल्लो चरण पुग्न यो खेल जित्नै पर्ने दबाब थियो ।

जितसँगै एपीएफको ४ अंक भएको छ, भने सुदूरपश्चिमको जम्मा १ अंक भएको छ । समूहको पहिलो खेलमा मध्यपश्चिमलाई हराएको एपीएफले अघिल्लो चरण प्रवेशको सम्भावना कायमै राखेको छ । अर्को खेलमा त्रिभुवन आर्मी र मध्यपश्चिमाञ्चल भिड्दै छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ