arrow

रुसी सैन्य विमान उडेको २० मिनेमै दुर्घटना

कालो सागरमा भग्नावशेष देखिए

logo
प्रकाशित २०७३ पुष १० आइतबार
biman-news-a.png

एजेन्जसी । रुसको सोची शहरबाट सिरियाका लागि उडेको सैन्य विमान दुर्घटना भएको छ । उडान भरेको २० मिनेटमै राडारबाट सम्पर्कविहीन टियु– वन् फिफ्टी फोर (१५४) विमान ब्ल्याक सी (कालो सागर)मा दुर्घटनामा परेको रुसी रक्षा मन्त्रालयलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।

सोचीबाट डेढ किलोमिटरको दूरीमा रहेको ब्ल्याक सीको करिब ५० देखि ७० मिटर गहिराईमा विमान फेला परेको बताइँदै छ । मस्कोबाट उडेको सो विमान सोची शहरको एडलर विमानस्थलमा तेल भर्नका लागि रोकिएको थियो । तेल भरेर उडेको विमानमा रहेका ९२ जनामा सैनिक, सैन्य व्याण्डका कलाकार र ९ पत्रकार रहेका रुसी रक्षा मन्त्रालयका प्रवक्ता इगोर कोनाशेन्कोभले बताएका बीबीसीले उल्लेख गरेको छ ।

सिरियाको लटाकिए प्रान्तका लागि उडेको उक्त विमानमा रहेको सैन्य व्याण्ड सिरियामा खटिएका सैनिकलाई नयाँ वर्षको मनोरञ्जन दिन जाँदै थियो । हराइरहेको विमान खोजीका क्रममा विमानका भग्नावशेषहरु सोचीस्थित रिसोर्ट नजिकैको सागरमा तैरिएको देखिएका बीबीसीले जनाएको छ ।

स्थानीय समय अनुसार ५ बजेर २० मिनेट जाँदा उडेको विमान २० मिनेटपछि राडरसँग सम्पर्कविहिन भएको बताइएको छ । सन् २०१० मा टियू –१५४ कलसाइनकै विमान पश्चिमी रुसको स्मोलेन्स्कमा दुर्घटना हुँदा पोल्याण्डका तत्कालिन राष्ट्रपति लेच कजिन्स्कीसहित ९६ जनाको मृत्यु भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ