arrow

'चन्द्रागिरि आर्थिक विकासको कोशेढुङ्गा'

logo
प्रकाशित २०७३ पुष १० आइतबार
chandragiri-china-toli.jpeg
काठमाडौं। चिनियाँ कम्यूनिष्ट पार्टी ‘ चेन्दु’ का सचिव टाङ्ग लियाङ्ग चीले  केबलकारबाट चन्द्रागिरि भ्रमण गरेका छन्  । चीको नेतृत्वका चिनियाँ टोलीलाई चन्द्रागिरि हिल्सका अध्यक्ष चन्द्रप्रसाद ढकाल र महाप्रवन्धक अभिषेक विक्रम शाहले स्वागत गरेका थिए । 
 
टोलीमा तिब्बत पिपुल्स कंग्रेसका अध्यक्ष बाई माचिलिन र सिनो हाइड्रोका वरिष्ठ इन्जिनियर फाग जुन लगायत दूई दर्जन चिनियाँ विशिष्ट व्यक्तित्वहरुको सहभागिता  रहेको थियो । 
 
टोलीलाई अध्यक्ष ढकालले चन्द्रागिरिमा निर्माण भएको पुर्वाधारहरुको वारेमा जानकारी दिँदै ‘चीन नेपालको नजिकको छिमेकी मित्र राष्ट्र भएको र पछिल्लो समयमा चीनले हासिल गरेको आर्थिक समृद्वि र त्यसबाट सिर्जित अवसरहरुको सदुपयोग नेपालको नीजि क्षेत्रले गर्न सक्ने विश्वास व्यक्त गरे ।’
 
 चिनियाँ कम्युनिष्ट पार्टी ‘चेन्दु’ का सचिव चीले ‘ चन्द्रागिरिमा निर्माण भएको एकीकृत पर्यटकीय गन्तब्यबाट आफु अत्यन्तै प्रभावित भएको र यस्तै अन्य परियोजनाहरुको निर्माण हुने हो भने नेपालको आर्थिक विकासले छोटै समयमा तीब्रता पाउने विश्वास व्यक्त गरे।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ