arrow

धर्मनिरपेक्षता संस्थागत भइसक्यो : उपराष्ट्रपति पुन

logo
प्रकाशित २०७३ पुष १० आइतबार
Nanda-Bahadur-Pun-firta-news.jpeg

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले धर्मनिरपेक्षता संस्थागत भइसकेको बताएका छन् । आइतबार राष्ट्रिय क्रिष्टियन महासंघको क्रिसमस महोत्सवमा उपराष्ट्रपति पुनले मुलुकले ऐतिहासिक उपलब्धिका रुपमा नयाँ संविधान पाएको र नयाँ संविधानले धर्मनिरपेक्ष अर्थात् धार्मिक  स्वतन्त्रतालाई संस्थागत गरेको बताएका हुन् ।

क्रिसमसको शुभकामना दिँदै उपराष्ट्रपति पुनले भने, ‘धार्मिक स्वतन्त्रता नयाँ उपलब्धि हो । अब स्वतन्त्र सबै धर्मावलम्बी र जात जातिले मुलुकको विकासमा ध्यान केन्द्रित गर्नु पर्छ ।’ राष्ट्रिय एकतालाई बलियो बनाउनु पर्छ । उपराष्ट्रपति पुनले क्रिष्टियन धर्मावलम्बी मात्र नभइ सबै नेपालीलाई दीर्घायु र भातृत्वको शुभकामना दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ