arrow

टर्कीमा शान्ति र्‍याली निशानामा, ८६ जनाको मृत्यु

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
1034034836.jpeg

एजेन्सी । टर्कीको राजधानी आंकारास्थित मुख्य रेलवे स्टेशनमा भएको दुई शक्तिशाली विष्फोटमा ८६ जनाको मृत्यु भएको छ । विष्फोटमा परी दुई सय बढी घाईते भएका छन् । स्थानीयले कुर्दिश चरमपन्थीमाथिको हमला बन्द गर्न शान्तिपूर्ण आन्दोलन गरिरहेकै सयमा विष्फोट भएको हो ।

भिडियो फुटेजमा देखिएका दृष्यमा विष्फोटको समयमा युवा कार्यकर्ता हाँस्दै एक अर्काको हात पकडेर गीत गाइरहेका देखिन्छन् । शान्तिपूर्ण रुपमा आफ्ना माग राखिरहेका स्थानीयले विष्फोटको दोषी सरकार रहेको आरोप लगाएका छन् ।

विष्फोटपछि कयौं नागरिक रगतमा लथपथ भएका थिए । स्थानीयमा सन्नाटा छाएको छ । त्यहाँ सक्रिय कयौं ट्रेड युनियनले देशमा फैलिएको हिंसा र कुर्दिश चरमपन्थीमाथि भइरहेको टर्की सरकारको हमलाविरुद्ध शान्ति र्‍यालीको आयोजना गरेका थिए । र्‍यालीमा कुर्दिश समर्थक पार्टी एचडीपीका कार्यकर्ता समेत सहभागि हुने सम्भावना थियो । यसअघि, यसै वर्षको जुन महिनामा एचडीपीको दियारबाकिर इलाकामा भएको र्‍यालीलाई निशाना बनाइएको थियो ।

विष्फोटको केही घण्टापछि प्रतिबन्धित कुर्द समूह पीकेकेले नोभेम्बरमा हुने चुनाव पहिले आफ्ना लडाकुले सबै सन्य अभियान रोक्ने घोषणा गरेको छ । उक्त समूहले आफ्नो बयानमा भनेको छ,–‘जब सम्म हाम्रा लडाकुमाथि हमला हुँदैन तब सम्म कुनै कारबाही हुने छैन ।’
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ