arrow

जुडोमा दोस्रो दिन ९ स्वर्णको छिनोफानो

logo
प्रकाशित २०७३ पुष १० आइतबार
fupu-ko-jit.jpeg

झापा । झापाको धुलाबारीमा भएको जुडोमा आइतबार ९ स्वर्ण पदकको छिनोफानो भएको छ । दुई दिनको खेलमा कुल १८ स्वर्ण पदकको खेल भएका छन् । सोमबार तीन स्वर्णका लागि खेल हुनेछ ।

राउण्डरोविन लिगमा भएको खेलमा आर्मीकी फुपु ल्हामु खत्रीले अन्तिम लिग खेलमा चार सेकेण्डमा हराइन् । १२औँ सागकी स्वर्ण विजेता एवं ओलम्पियन फुपुले महिला ६३केजीको सबै खेलमा अपराजित रहदै स्वर्ण जितिन् । सोही तौलमा पुलिसकी निसा चौधरीले रजत तथा सुदरपश्चिमाञ्चलकी शेखा श्रेष्ठ र पुर्वाञ्चलकी दिल कुमारी सिजालीले कास्य पदक जितिन् ।  

महिला ४४ केजीमा मध्यपश्चिमाञ्चलका सोनु भट्टले स्वर्ण,पश्चिमाञ्चलका सोम माया तामाङले रजत,सुदूरपश्चिमाञ्चलका विमला महता र नेपाल आर्मीकी सुमित्रा राईले कास्य तथा ५२ केजी तौलसमुहमा आर्मीकै लिला अधिकारीले स्वर्ण,पुलिसकी दिल कुमारी छन्त्यालले रजत ,एपीएफकी देविका खड्का र मध्यमाञ्चलकी कविता नेपालीले कास्य पदक हात पारिन् । महिलाकै ७८ केजीमा आर्मीकी पुनम श्रेष्ठले स्वर्ण,पुर्वाञ्चलकी वविता चौधरीले रजत,पुलिसकी भावना घर्तिमगर र मध्यपश्चिमाञ्चलकी कृष्णी राइदासले कास्य जितिन ।

त्यस्तै, पुरुष ५० केजी तौल समुहमा आर्मीका तिलक बहादुर देउजाले स्वर्ण, मध्यमाञ्चलका मनोज आचार्यले रजत, एपीएफका सन्तोष विष्ट र मध्यपश्चिमाञ्चलका चक्रविर रोक्काले कास्य तथा ६० केजी तौलमा आर्मीका सुदिप कुमार बोहराले स्वर्ण,पुलिसका उमेश मगरले रजत, मध्यपश्चिमाञ्चलका दिनेश बुढामगर र पूर्वाञ्चलका विकास भुजेलले कास्य पदक जितेका छन् । ७३ केजी तौलसमुहमा पुलिसका सञ्चित डंगोलले स्वर्ण, मध्यमाञ्चलका रामभक्त तामाङले रजत, एपीएफका निर्दोश चलाउने र आर्मीका जंग बहादुर सारुले कास्य जिते ।

पुरुष ९० केजी तौलसमूहमा नेपाल प्रहरीका श्रीराम मकाजुले स्वर्ण,मध्यमाञ्चलका सञ्जय महर्जनले रजत, नेपाल आर्मीका सुर्यमान लामा र सुदूपश्चिमाञ्चलका चन्द्र प्रसाद चौधरीले कास्य तथा  १०० केजीमा नेपाल प्रहरीका राजन जोशीले स्वर्ण,नेपाल आर्मीका कालुमान तामाङले रजत, पूर्वाञ्चलका बच्चुलाल चौधरी र सुदूरपश्चिमाञ्चलका आषिश ओझाले कास्य पदक जितेका छन् । दोस्रो दिनको पदक विजेता खेलाडीलाई युवा तथा खेलकुदमन्त्रि दलजित विके श्रीपाइली, राष्ट्रिय खेलकुद परिषद राखेपका उपाध्यक्ष लामा टेण्डि शेर्पा र नेपाल जुडो संघका अध्यक्ष दिपकहर्ष बज्रचार्यले पदक हस्तान्तरण गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ