arrow

वीरगन्ज कारागारमा कैदीबीच झडप, छुरा प्रहारले एकको अवस्था चिन्ताजनक

logo
प्रकाशित २०७३ पुष १० आइतबार
chura-parhar.jpeg

पर्सा । वीरगन्ज कारागारमा कैदी बन्दीबीच झपड भएको छ । कारागारभित्र बन्द कैदीहरुबीचको भएको झगडामा एक कैदीले अर्कोलाई धारिलो हतिया (छुरा) प्रहार गरेको वीरगञ्ज प्रहरीले जनाएको छ । ‘क्रिसमसको रमझमबीच कैदीहरुबीच झगडा भएको हो ।

छुरा प्रहारले राजन बानियाँ सख्त घाइते भएका बताइएको छ । उनको नेशनल मेडिकल कलेजमा उपचार भइरहेको छ । घाइतेका दाई ललन बानियाँले नेशनल मेडिक कलेजका डाक्टरले राजनको अवस्था चिन्ताजनक रहेको बताएको जानकारी दिएका छन् ।

पर्सा प्रहरी उपरीक्षक गोविन्दकुमार साहले कैदीले तरकारी काट्ने छुरा प्रयोग गरेको बताएका छन् । सुनसरीको झुम्का कारागारबाट ३ महिना अघि सरुवा भएर आएका पनिलाल पँडितले बानियाँलाई छुरा प्रहार गरेका हुन् ।

बानियाँको पिठ्युमा छुरा रोपिएको घाउ रहेको प्रहरीले जनाएको छ । छुरा प्रहार गर्ने पँडित जनतान्त्रिक गोइत समूहको कार्यकर्ता समेत रहेका खुलेको छ । रौतहट घर भएका पँडित अपहरण, धम्की र चन्दा असुली मुद्दाको सजाय काटिरहेका छन् ।

बानियाँ अपहरण तथा जिउ बन्धक मुद्दाको सजाय काटिरहेका बताइएको छ । क्रिसमसको रमझम चलिरहँदा जेलभित्र घटना भएको हो । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ