arrow

अमेरिका र इजरायलबीच वाक्युद्ध चुलियो

नेतान्याहुले अमेरिकी राजदूतलाई कार्यालयमा बोलाए

logo
प्रकाशित २०७३ पुष ११ सोमबार
israel.jpeg
इजरायल । संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले प्यालेष्टाइनको सीमामा अवैध इजरायली बस्ती हटाउने प्रस्ताव पारित गरेपछि इजरायली संसद अमेरिकाविरुद्ध एक भएको छ । अमेरिकाको यो कदमसंगै दुई देशबीचको सम्बन्ध थप चिसिएको छ ।
 
प्रस्ताव पारित हुन नदिन अमेरिकाले भिटो प्रयोग नगरी मतदानमासमेत अनुपस्थित भएपछि इजरायल अझ बढी रुष्ट भएको हो ।
 
यसबाट क्रूद्ध बनेका इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अमेरिकी राजदूत डेन शापिरोलाई अत्प्रयाशित रुपमा आफ्नो कार्यालयमा बोलाएका छन् ।
Benjamin Netanyahu (24/12/16)
 
नेतान्याहुले शुक्रबार प्रस्तावको पक्षमा मतदान गरेका राष्ट्रका राजदूतहरुलाई कार्यालयमा बोलाएका हुन् ।
 
इजरायलले प्रस्ताव पारित हुनु लज्जास्पद भन्दै राष्ट्रसंघसँगको सम्बन्धको समीक्षा गर्ने बताइसकेको छ । नेतान्याहुले ओबामा प्रशासनप्रति आक्रोश पोख्दै एउटा मित्रले अर्को मित्रलाई सुरक्षा परिषदमा नधकेल्ने बताए ।
 
अमेरिका र इजरायललाई परम्परागत मित्र राष्ट्रका रुपमा हेर्ने गरिए पनि पछिल्लो समय भने स्थिति तनावपूर्ण बन्दै गएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ