arrow

स्थानीय स्वास्थ्य संस्थामा निःशुल्क मृगौला परीक्षण गर्न आह्वान

प्रेस युनियनमा निःशुल्क परीक्षण

logo
प्रकाशित २०७३ पुष ११ सोमबार
kidney.jpg.jpeg
काठमाडौं । मृगौलामा कुनै खरावी छ की छैन भन्ने परिक्षण गराउने व्यवस्था स्थानीय स्वास्थ्य संस्थामै गरिएकाले त्यसको उपयोग गर्न स्वास्थ्य मन्त्रालयले आह्वान गरेको छ । मृगौला परिक्षणका लागि प्रयोग हुने ‘डिपिस्टीक किट’ सबै जिल्लामा पठाइ सकिएकाले स्थानीय तहमै मृगौला परिक्षण गर्न मन्त्रालयले आह्वान गरेको हो । 
 
यो सेवाका बारेमा धेरैलाई जानकारी नभएकाले प्रचार प्रसार गर्नका लागि नेपाल प्रेस युनियनले पत्रकारहरुको निःशुल्क मृगौला परिक्षण कार्यक्रमको आयोजना गरेको छ । 
 
स्वास्थ्य मन्त्री गगनकुमार थापाका प्रेस संयोजक जीवन भण्डारीको प्रस्तावमा प्रेस युनियनका महासचिव अजयबाबु सिवाकोटीको संयोजकत्वमा बिहान ११ बजे युनियनको केन्द्रीय कार्यालय थापागाउँमा परीक्षण गर्न लागिएको युनियनले जनाएको छ । 
 
स्वास्थ्य मन्त्रालय अन्तर्गतको आपूर्ति व्यवस्थापन महाशाखाले कात्तिकको दोस्रो साता नै देशभरी पहिलो चरणमा २० लाख जनाको मृगौला परिक्षण गर्न पुग्नेगरी किट पठाइएको जनाएको छ । 
 
चार महिना अगाडि नै किट पठाउने भनिए पनि कार्यान्वयन नभइरहेका बेला स्वास्थ्य मन्त्री गगनकुमार थापाको निर्देशनपछि सबै जिल्लामा मृगौला परिक्षण गर्न सकिने व्यवस्था गएिको हो । 
 
मन्त्री थापाको निर्देशन अनुसार जिल्ला जनस्वास्थ्य कार्यालय, जिल्ला अस्पताल, अंचल अस्पताल, उपक्षेत्रीय अस्पताल, क्षेत्रीय अस्पताल लगायत गरी १ सय ३३ ओटा स्वास्थ्य संस्थामा पुग्ने गरी किट वितरण गरिएको छ । 
 
जिल्ला जनस्वास्थ्य कार्यालयमा पुगेको किटलाई स्थानीय आवश्यकता अनुसार मातहतका प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीमा पठाउन लगाइएको महाशाखाका निर्देशक भिमसिंह टिंकरीले जानकारी दिए । 
 
२० मिलिलिटर जति पिसाबले किट भिजाएपछि देखिने किटको रङ्गका आधारमा मृगौलाको अवस्था थाहा हुने टिंकरीले जानकारी दिए । 
 
परीक्षण गर्दा कुनै समस्या नभएको देखिएमा एक बर्षपछि फेरि परीक्षण गर्न आउन सुचित गरिने र समस्या देखिएमा थप उपचारका लागि आग्रह गरिने उनले बताए । 
 
मन्त्रालयले यसै बर्ष विद्यालयहरुमा स्वास्थ्यकर्मीसहित किटहरु पठाएर विद्यार्थीहरुको मृगौला परीक्षण गर्ने तयारीसमेत गरेको छ । 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ