arrow

जीडीपीमा ३५ वर्ष : एशियाले छलाङ मार्दा, युरोप र अमेरिका हेरिरहे (भिडियोसहित)

नेपाल ‘विकास गर्ने बेलामा एशियाबाट निकालिएको देश' बन्यो

logo
प्रकाशित २०७३ पुष ११ सोमबार
Asia-City.jpeg
काठमाडौं । आर्थिक रुपमा उदारीकरण, विश्वव्यापीकरण र बहुराष्टिय सहकार्यको कारण सन् १९८० देखि अहिलेसम्मको स्थिती धेरै बदलिएको छ । अहिलेको व्यवसायको प्रक्रिया, अहिलेको अर्थतन्त्रको स्थिती र अन्य अरु कुरा समेत बदलिएको छ । 
 
हाउमच डट नेटले प्रकाशित गरेको एक प्रतिवेदनका अनुसार सन् १९८० देखि सन् २०१५ सम्मको ३५ वर्षे अवधिमा विश्वका अर्थतन्त्रमा ठूला भनिएका मुलुकहरुको जीडीपीमा ठूलो परिवर्तन आएको छ । अन्तराष्टिय मुद्रा कोषले सार्वजनिक गरेको तथ्याङ्कको आधारमा गरिएको उक्त विश्लेषणमा कसरी परिवर्तन भए विश्व अर्थतन्त्रमा ठूला मुलुकहरुको हिस्सा यो समयावधिमा ? भन्ने कुरा उल्लेख गरिएको छ । 
 
यसरी भएको परिवर्तन मध्ये यो समयमा सबैभन्दा बढी विकास एशियामा भएको देखिएको छ । सन् १९८० मा विश्वको कूल अर्थतन्त्रको ३२ प्रतिशत जीडीपीको हिस्सा युरोपको थियो भने त्यतिबेला एशियाको हिस्सा विश्वको कूल जीडीपीको जम्मा २० प्रतिशत थियो । तर, २०१२ सम्म आईपुग्दा विश्वको कूल जीडीपीमा एशियाको जीडीपी प्रतिशतको हिस्सा युरोपको भन्दा बढी भईसकेको थियो । 
 
यसमा एशियाको हिस्सा २०१५ सम्म आईपुग्दा ३३ प्रतिशतमा पुगिसकेको छ भने उत्तर र दक्षिण अमेरिकाको हिस्सा जोड्दा मात्रै ३१ प्रतिशत पुगेको छ । त्यस्तै, युरोपको २० प्रतिशत, र अन्यको एक एक प्रतिशत हिस्सा विश्वको जीडीपीमा रहेको छ । यसरी दक्षिण एशियाको अवस्था सुधारिनुमा सबैभन्दा ठूलो भूमिका चीन, त्यसपछि जापान र तेस्रो स्थानमा भारतको रहेको अध्ययनले देखाएको छ । 
 
एशियाको विकास यो समयमा धेरै भएको त हो तर अचम्म मान्नु पर्ने भन्ने केही कारण छैन । यो प्रतिशतको हिस्साको अधिकांश भाग चीनको चामत्कारिक विकासले गर्दा भएको हो । सन् १९८० मा कूल जीडीपीको २.८ प्रतिशत हिस्सा ओगटेको चीनले सन् २०१४ सम्म आईपुग्दा कूल जीडीपीको १३.४ प्रतिशत हिस्सा ओगट्न सफल भईसकेको थियो । तर यही समयमा जापानको हिस्सा भने घटेको देखिन्छ । सन् १९९४ मा १७.६ प्रतिशतको हिस्सा ओगटेको जापानको जडीपी ६ प्रतिशतमा सीमित बन्न पुगेको थियो ।  
 
उता, अमेरिकाको जीडीपीको हिस्सा भने त्यस्तो हलचल भएको देखिँदैन । सन् १९८५ सम्म केही शर्तहरुमा अमेरिकाले केही बृद्धि गर्यो । तर १९९५ सम्म पुग्दा अमेरिकाको जीडीपीको हिस्सामा गिरावट आउन थालिसकेको थियो । तर अमेरिकाले २००२ देखि २००९ सम्म पुग्दा यसलाई सन्तुलित बनाउन सफल भएको थियो । सो समयमा आईपुग्दा उसले विश्वको कूल जीडीपीको २२ प्रतिशतको हिस्सामा ओगट्न सफल मात्रै भएन विश्वकै सबैभन्दा ठूलो अर्थतन्त्र भएको मुलुक बन्न पनि सफल भएको थियो । 
 
तर पछि २००७ देखि २००९ सम्म आर्थिक संकट देखिएपछि विश्कै अर्थतन्त्रमा केही हदसम्म आघात त पुग्यो । तर यसको अलिक कम प्रभाव परेको एशियाले आफ्नो विकासलाई बढावा दिन सक्यो जसकारण एशियाको छलाङयुरोप र अमेरिकाले हेरिरहे । तर यसमा नेपालको भने अर्थतन्त्र अझै दयनीय रहेको छ । 
 
नेपालीमा एउटा उखान नै छ कुनै व्यक्ति साह्रै दुब्लो भयो भने खाने बेलामा घरबाट निकालेको जस्तो भन्ने गरिन्छ । तर, नेपालको विकासमा पनि यही उखान प्रयोग गर्न सकिने अवस्था सिर्जना भईसकेको छ । यही ३५ वर्षमा विश्वको अर्थतन्त्रमा एशियाले छलाङ मारिरहँदा नेपालले भने सधैं अर्थतन्त्रमा अधोगचि नै भोगिरह्यो ? कि त विकास गर्ने बेलामा एशियाबाट निकालिएको नेपाल जस्तै भएको हो नेपाल ? एशियाका अन्य मुलुकले विकास गरिसक्दा विना कारण हामीले विकास गर्न नसक्नुको आधार के हो ? यसको खोजी हुनु आवश्यक छ । 
 
भिडियाे हेर्न यहाँ क्लिनिक गर्नुहाेस् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ