arrow

पुलिसले मध्यमाञ्चललाई हरायो, सञ्जीवको आत्मघाती उपहार

logo
प्रकाशित २०७३ पुष ११ सोमबार
satau-ko-maskat-new-a.jpeg

काठमाडौं । सातौं राष्ट्रिय खेलकूदको पुरुष फुटबलमा नेपाल पुलिसले मध्यमाञ्चललाई हराएको छ । धरानस्थित एन्फा टेक्निकल सेन्टरमा भएको समूह चरणको अन्तिम खेलमा पुलिसले मध्यमाञ्चललाई ३–१ ले हराएको हो । पुलिसलाई विजयी गराउन जुमनु राई र राम वाजीले एक–एक गोल गर्दा मध्यमाञ्चलका सञ्जीव कार्कीले आत्मघाती गोल उपहार दिए ।

मध्यमाञ्चलका लागि बिनेश देन्जनले एक गोल गरे । यो खेलसँगै पुलिस मध्यमाञ्चल दुबैको समान ६–६ अंक भएको छ । अघिल्लो चरण प्रवेश गर्ने टोलीको टुंगो लाग्न पूर्वाञ्चल र पश्चिमाञ्चलबीचको खेलको नतिजा कुर्नु पर्ने भएको छ ।

समूहको पहिलो र दोस्रो खेल जितेको मध्यमाञ्चलले अन्तिम खेल गुमाएको छ । पुलिसले पहिलो खेलमा पूर्वाञ्चललाई हराएकोमा दोस्रो खेलमा पश्चिमाञ्चलसंग ३–० ले पराजित भएको थियो । पुलिसलाई हराएको पश्चिमाञ्चल र अंकविहिन पूर्वाञ्चल भिडिरहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ