arrow

साफ महिला च्याम्पियनसिप : नेपालको गोल वर्षा, सावित्राकाे दाेहाेराे ह्याट्रिक

भुटान ८–० ले स्तब्ध

logo
प्रकाशित २०७३ पुष ११ सोमबार
SAFF-WOMEN-news-a.jpeg

काठमाडौं । चौथो साफ महिला च्याम्पियनसिपमा नेपालले गोलको वर्षा गरको छ । प्रतियोगिताको पहिलो खेलमा नेपालले भुटानविरुद्ध आठ गोलको वर्षा गरेको हो । नेपालका लागि सावित्रा भण्डारीले दाेहाेराे ह्याट्रिक गरिन् ।

७२औं मिनेटमा सावित्राले पाँचौ गोल गरिन् । त्यसको पाँच मिनेटपछि दीपा अधिकारीको क्रसमा गोल गर्दै सावित्राले दोहोरो हृयाट्रिक पुरा गरिन् । खेलको पाँचौ मिनेटमा उनले नै पहिलो गोल गरेकी थिइन् । यस्तै, सर्मिला थापा र कृष्णा खत्रीले एक–एक गोल गरे ।

भूटान निरिह बन्यो । जितसँगै नेपालले महत्वपूर्ण ३ अंक बटुलेको छ । साफ च्याम्पियनसिपका तीन संस्करणको फाइनलमा भारतसँग पराजित हुँदै उपविजेतामा सिमित भएको नेपाल यसपटक उपाधि जित्ने लक्ष्यका साथ भारत पुगेको छ ।

भारतको सिलिगुढीमा सुरु भएको चौथो संस्करणको समूह चरणमा नेपालले माल्दिभ्स र श्रीलंकासँग पनि खेल्नेछ । अर्को समूहमा भारत अफगानिस्तान र बंगलादेश छन् । प्रतियोगिताकै तयारी स्वरुप काठमाडौंमा खेलिएको मैत्रिपूर्ण अभ्यास खेलमा नेपालले मलेसियालाई १–० ले हराएको थियो । मलेसिया फिफा वरियतामा नेपाल भन्दा २६ स्थान माथि छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ