arrow

पुलिस र मध्यमाञ्चल सेमिफाइनलमा, अनिल र विमलको पश्चिमाञ्चल बाहिरियो

logo
प्रकाशित २०७३ पुष ११ सोमबार
satau-ko-maskat-new-a.jpeg

काठमाडौं । नेपाल पुलिस र मध्यमाञ्चल विकास क्षेत्र सातौं राष्ट्रिय खेलकूद अन्तर्गत पुरुष फुटबलमा सेमिफाइनलमा पुगेका छन् । पुलिस समूह ‘क’को विजेता र मध्यमाञ्चल समूह उपविजेता बन्दै सेमिफाइनल पुगेका हुन् ।

दुवैको समान ६–६ अंक भएपनि पुलिस गोल अन्तरका आधारमा समूह विजेता बनेको हो । समूहको अन्तिम खेलमा पुलिससँग ३–१ हारेपछि मध्यमाञ्चलले उपविजेतमा चित्त बुझाउनु परेको हो । धरानस्थित एन्फा टेक्निकल सेन्टरमा भएको समूह चरणको अन्तिम खेलमा पूर्वाञ्चलले पश्चिमाञ्चललाई ३–१ ले हराएसँगै सेमिफाइनल पुग्ने टोलीको टुंगो लागेको हो ।

पहिलो र दोस्रो खेल गुमाएको पूर्वाञ्चलले अन्तिम खेल जित्दै ३ अंक जोड्यो । समूहको दोस्रो खेलमा पुलिसलाई हराएको पश्चिमाञ्चलको यात्रा पूर्वाञ्चलसँगै लिग चरणमै टुंगिएको छ । अन्तिम खेलमा अनिल गुरुङले एक गोल गर्न बाहेक अन्य खेलाडीले खासै राम्रो खेल्न सकेनन् । पुलिस विरुद्ध गोल गरेका विमल घर्तीले पनि पूर्वाञ्चलविरुद्ध गोल गर्न सकेनन् । समूह ‘ख’बाट सेमिफाइनल पुग्ने टोलीको टुंगो लाग्न बाँकी छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ