arrow

तमाखु छोडेर तरकारी खेती

तुईन तरेर तरकारी खेतीको अनुगमन

logo
साधना शाही,
प्रकाशित २०७३ पुष ११ सोमबार
kheti-kalikot.jpeg
कालीकोट ।  मंसिर पुसको महिना खेतको मकै र धान भित्र्याएर बाँझो रहने वा तमाखुले हरियाली हुने खुलालुको खेतबारी फेरिने थालेको छ । स्थानीय किसानहरु समूहमा आवद्ध भई तमाखु बिस्थापित अभियानमा लागेपछि यहाँको दैनिकी फेरिएको छ भने खेतबारीको रौनक पनि बदलिएको छ । 
 
कालीकोटको लालु गाबिस वडा नं. ४ खुलालुका किसानहरुले तमाखु विस्थापित गरेका छन् । हिउँदको सजिनमा आफ्नो खेतबारी भरी हुने तमाखु बिस्थापित गरी उनीहरुले तरकारी खेती शुरु गरेका हुन् । पानी नपर्दा सिंचाइ सुविधा नभएका कारण खेत बाँझो राख्नु भन्दा तमाखु लगाउनु पर्छ भन्ने मान्यतामा रहेका यहाँका किसानले तरकारी खेतीबाट हुने फाइदा बुझे पछि व्यवसायिक तरकारी खेती शुरु गरेको बताएका छन् । 
 
खुलालुमा अहिले किसानको बारीमा तरकारी लटरम्म फलेको छ । काउली टमाटर तथा भाजी लगाएका यहाँका किसानले बारीमा तरकारी फलाए पछि आय आर्जनको माध्यम बनेको छ । तरकारी खेतीले महिलाको आय आर्जन बढेपछि उनीहरु आफ्ना आवश्यकताहरु पूरा गर्न सक्षम भएका छन् । घरमा दैनिक आवश्यक पर्ने साबुन तेल किन्न पनि श्रीमान्को भर पर्नु पर्ने बाध्यताबाट यहाँका महिलाहरु मुक्त भएका छन् । ‘तरकारी बेचेर हामीलाई आफ्ना आवश्यकता पुरा गर्न सजिलो भएको छ’ लालु ४ खुलालुकी लिला बिष्टले भनिन्, ‘हामीले कहिल्यै पैसा देख्न पाउँदैन थियौं ।’
 
पेशाले शिक्षक रहेका लालुका बुद्धि बिष्टले तरकारी खेतीबाट आफुहरु हौसिएको बताए । उनले बिहान १० बजेदेखि ४ बजेसम्म विद्यालयमा पढाए पनि बिहान बेलुकाको समयलाई तरकारी खेतीमा लगाउन थालेको बताए । ‘तरकारीबाट धेरै सम्भावना देखेपछि मैले तरकारी खेतीमा लागेको हुँ’ उनले भने,‘कुनै पनि काम अरुलाई गर भन्नु भन्दा आफैबाट सुरु गर्दा त्यसको प्रभाव अरुलाई पनि पर्ने रहेछ ।’ बारीमा तरकारी फलेपनि बजार अभावमा त्यो तरकारी खेर जाँदा मन दुख्ने गरेको बताए । 
 
बाटो, खानेपानी तथा सिँचाइको असुविधाका कारण किसानले तरकारी फलाए पनि खेर जान थालेको उनीहरुको भनाई छ । ‘सिँचाइको राम्रो सुविधा छैन, तरकारीका लागि प्रयाप्त बजार छैन, टाढा लैजाने बाटो छैन कसरी तरकारी खेतीमा आकर्षित हुनु ? लालुका जनक बिष्टले तरकारी खेर जान लागेको भन्दै दुखेसो गरे । गत बर्ष मात्र पनि सुख्खा देखिएको बारीमा तरकारी फलाएर हरियाली बनाए पनि बजार अभावमा किसानलाई निरुत्साहित बनाएको उनको भनाई छ । 
 
खुलालु गाउँमा किसानहरुले प्याज खेतीका लागि उपयुक्त भएको भन्दै प्याज खेती शुरु पछि यहाँको खेती फस्टाएको जिल्ला कृषि बिकास कार्यालयका प्राविधिक सहायक पर्शुराम काफ्लेले बताए । खुलालुका किसानले उत्पादन गरेको प्याजको बिरुवा लालु, रुप्सा, कोटवाडा, कुमालगाउँ, माल्कोट लगायतका गाबिसमा पुगेको काफ्लेको भनाई छ । 
 
जिल्ला कृषि बिकास कार्यालयले खुलालुमा कृषक पाठशाला सञ्चालन गरे पछि यहाँका किसानहरु व्यवसायिक खेतीतर्फ आकर्षित भएका हुन् । कृषिमा किसनहरुलाई भविष्य देखाउन सके गाउँका हरेक बस्तीमा केही न केही फलाउन सकिने जिल्ला कृषि बिकास कार्यालयका बरिष्ठ कृषि बिकास अधिकृत सुनिलकुमार सिंहले बताए । ‘कालीकोटको हरेक बस्तीमा हरेक सम्भावना छ’ उनले भने, ‘त्यो सम्भावनाका बारेमा कृषकलाई बुझाउन सकिएको छैन ।’ जिल्लामा हरेक क्षेत्रको सम्भावना अध्ययन गरी त्यहाँ उत्पादन हुने तरकारी खेतीका लागि किसानलाई आकर्षित गरिएको उनको दावी छ । 
 
बालीका लागि उपयुक्त ठाउको पहिचान गरी त्यही खेतीका लागि पकेट क्षेत्र बनाउने अभियानमा कृषि बिकास कार्यलय लागेको उनले जानकारी दिए । बरिष्ठ कृषि बिकास अधिकृत सिंहले भने, ‘अब बिकास छरिएर हुँदैन, नमूनाको रुपमा गर्ने कृषकलाई प्रोत्साहन गर्न सके प्रतिफल राम्रो दिनेछ ।’
 
तुइन तरेर तरकारी खेतीको अनुगमन 
Displaying 3.jpg
लालु खुलालुका किसानहरुले थालेको व्यवसायिक तरकारी खेतीको अनुगमन गर्न आइतबार सरकारी अधिकारी सहित राजनीतिक दल र पत्रकारहरुको टोली कर्णाली नदीमा तुइन तरेर अनुगमन गर्न त्यहाँ पुगेको थियो । तुइन तरेर अनुगमन गर्नु पर्ने बाध्यता रहेको अवस्थामा यहाँका किसानले उत्पादन गरेका तरकारीका लागि बजारको अभाव त्यही बेला अनुभुती गरिरहेका थिए । कर्णाली राजमार्गको कालेखोलाबाट कर्णाली नदी माथिको तुईन तरेर खुलालु झरेपछि कालीकालीकोटका प्रमूख जिल्ला अधिकारी कृष्णबहादुर खड्काले यहाँ उत्पदित तरकरी किसानहरुले कहाँ बिक्रि गर्छन त भनि सोधेका थिए । 
 
तुइन तरेर तरकारीबारीमा पुगेका जिल्लाका सरकारी अधिकारीहरुले किसानहरुको समस्या सुनेरमात्र फर्किएनन् समाधानका लागि पहल गर्ने आश्वासन समेत बाँडेर फर्किएका छन् । अनुगमनमा गएका एमाले कालीकोटका सचिव चित्रसिंह गाउँलेले किसानहरुको पीडा देउडाका माध्यमबाट समाधान गर्ने प्रतिबद्धता जनाए । अनुगमनमा गएका जिल्लाका सरकारी अधिकारीहरु संग स्थानीय किसानहरुले बाटो, खानेपानी तथा सिँचाइ सुविधा नहुँदा आफुहरुले उपेक्षाकृत उपलब्ध हाँसिल गर्न नसकेको बताएका छन् ।
 
अनुगमन टोलीले किसानहरुसंग गरेको अन्तरक्रिया कार्यक्रममा आफ्ना समस्याहरु प्रमूख जिल्ला अधिकारी समक्ष राखेका थिए । स्थानीय किसान जसी बिष्टको अध्यक्षता तथा प्रमूख जिल्ला अधिकारी कृष्णबहादुर खड्काको प्रमूख आतिथ्यतामा भएको अन्तरक्रियामा स्थानीय मोहन बिष्ट, लक्ष्मण बिष्ट, कालीबहादुर बिष्ट, बुद्धि बिष्ट, जनक बिष्ट, मीनबहादुर बिष्ट, लिला बिष्ट लगायतले गाउँको खानेपानी र सिँचाइको असुविधा भएइको भन्दै समाधानका लागि पहल गरिदिन माग गर्नु भएको थियो । 
 
कार्यक्रमका प्रमूख अतिथि तथा प्रमूख जिल्ला अधिकारी कृष्ण्बहादुर खड्काले समस्या समाधानका लागि सम्बन्धित निकायमा पहल गर्ने आश्वासन दिनु भएको छ । कार्यक्रममा बरिष्ठ कृषि बिकास अधिकृत सुनिलकुमार सिंहले कृषिको व्यवसायिकीकरणले आय आर्जनमा बृद्धि हुनुका साथै गाउँको बिकास सम्भव भएको बताए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ