arrow

नर्वे पुगेर पौडेलले भने -'संशोधन प्रस्तावको निकास कांग्रेसकै नेतृत्वमा'

logo
प्रकाशित २०७३ पुष ११ सोमबार
pradip-poudel-at-norway.jpeg
नर्वे ।  नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले नेपाली कांग्रेसकै नेतृत्वमा संविधान संशोधनसम्बन्धी प्रस्तावले निकास पाउने दाबी गरेका छन् । नेपाली जनसम्पर्क समिति नर्वेको दोस्रो अधिवेशनको ओस्लोमा उद्घाटन गर्दै पौडेलले नेपाली कांग्रेस बाहेक अन्य कुनै दलले पनि राष्ट्रिय समस्याको समाधान गर्न नसक्ने दाबी गरे।
 
 नेता पौडेलले  संविधान संशोधनसम्बन्धी प्रस्तावलाई प्रक्रियमा नै प्रवेश गर्न नदिई प्रमुख प्रतिपक्षी दल एमालले संसदीय प्रणालीको उपहास गरेको आरोप लगाए । बेग्लै प्रसंगमा पौडेलले सिमित नेताहरु मात्र बसेर निर्माण गर्ने प्रान्तहरुले संघीयतालाई संस्थागत गर्न नसक्ने ठोकुवा गरे।
 
 नेपाली कांग्रेसलाई शशक्त तथा जुझारु संगठन बनाउन जनसम्पर्क समितिहरुको भूमिका महत्वपूर्ण रहेको भन्दै नेता पौडेलले जनसम्पर्क समितिहरुको थप प्रभावकारी भूमिकाका लागि केन्द्रीय समिति बैठकमा आवाज उठाउने प्रतिबद्धता जनाए ।
 
 यसैबीच अधिवेशनले जितेन्द्र शाहीको अध्यक्षतामा २५ सदस्यीय कार्य समिति निर्विरोध चयन गरेको छ । पौडेल बेल्जियम, स्विडेन, फिनल्याण्ड लगायतका अन्य यूरोपेली मुलुकहरुमा जनसम्पर्क समितिले आयोजना गर्ने विविध  कार्यक्रमहरुमा सहभागी हुनेछन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ