तराई–मधेसका सांसद र वुद्धिजीविसँग वातमार्दै ओलीले के भने ?

प्रदेश २ को संरचनामा संशोधन आवश्यक

प्रकाशित मिति : २०७३ पौष ११ सोमबार , २,७३३ पटक हेरिएको
वेब : तस्वीर

काठमाडौं । प्रमुख विपक्षी दल एमालेका अध्यक्ष केपी ओलीले तराई र पहाडी जिल्लालाई अलग बनाउने गरी आफ्नो पार्टीले कहिल्यै प्रस्ताव नगरेको बताएका छन् ।

तराई–मधेसका सांसद तथा वुद्धिजीविसँग आज पार्टी केन्द्रीय कार्यालय, धुमबाराहीमा आयोजित  ‘मधेसका समस्या भ्रम र यथार्थ’ विषयको अन्र्तक्रिया कार्यक्रममा अध्यक्ष ओलीले संविधानमा प्रदेश नम्बर २ को संरचनामा संशोधनको खाँचो औँल्याए ।

सरकारले संसद्मा दर्ता गरेको संविधान संशोधनको विधेयकमा विद्यमान प्रदेश नम्बर ५ का जिल्लाको हेरफेरको संरचना विगतमा एमालेको पनि प्रस्ताव भएको भन्ने बहस चलिरहेका बेला अध्यक्ष ओलीले तराई र मधेसलाई अलग गर्ने प्रस्ताव आफूहरुको नभएको जिकिर गरे ।

दुई नम्बर प्रदेशमा उदयपुर, सिन्धुली, मकवानपुरलगायत पहाडी र भित्री मधेसका जिल्ला समेट्नुपर्ने सुझाव आएको भन्दै ओलीले सत्ता जोगाउन काँगे्रस र माओवादी केन्द्रले संविधान संशोधन प्रस्ताव ल्याएको बताए ।

पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले एमालेलाई मधेस विरोधी पार्टीका रुपमा प्रचार गर्न खोजिए पनि त्यहाँका जनतामा आफ्नो पार्टी लोकप्रिय र राष्ट्रवादी भएको जिकिर गर्दै  उच्च मनोबलका साथ आफ्नो क्षेत्रमा पुग्न मधेसका नेता र सांसदलाई आग्रह गरे ।

सम्बन्धित समाचार

नयाँ