arrow

सेयर लगानीका पाँच महिना अन्धकारमय, सेयरकर्ताले गुमाए ५ खर्ब गुमाए

परिसूचक ८ महिनायताकै न्यून

logo
प्रकाशित २०७३ पुष १२ मंगलबार
stock-exchange.jpeg
काठमाडौं । पछिल्लो पाँच महिनामा सेयर बजारको आकार पौने ५ खर्ब रुपैयाँ घटेको छ । ठीक पाँच महिनाअघि गत १२ साउनमा नेप्सेले १८ सय ८१ अंकको कीर्तिमानी उचाइ चुम्दा सेयर बजारको आकार (बजार पुँजीकरण) २० खर्ब ७१ अर्ब रुपैयाँ पुगेको थियो । सोमबार बजार पुँजीकरण १६ खर्ब २ अर्ब रुपैयाँमा ओर्लियो । यो दिन नेप्से अघिल्लो दिनको तुलनामा ४२ दशमलव ८४ अंक ९२ दशमलव ९ प्रतिशत० घटेर १ हजार ४ सय ३२ अंकमा झरेको छ ।
 
यसबीच सर्वसाधारण सेयरधनीको नाममा सूचीकृत सेयरको कारोबार मापन गर्ने फ्लोट बजार पुँजीकरण पनि १ खर्ब ५० अर्ब घटेको छ । यसरी गत साउनमा कुल गार्हस्थ उत्पादन (जिडिपी)को तुलनामा ८५ प्रतिशत नाघिसकेको सेयर बजारको आकार अहिले ६६ प्रतिशतमा खुम्चिएको छ ।
 
छोटो समयमा देखिएको यस्तो उतारचढावले सेयर बजारका धेरै लगानीकर्तालाई समस्यामा पार्ने विश्लेषक बताउँछन् । ‘यसले हाम्रो बजार अझै पनि परिपक्व बनिसकेको रहेनछ भन्ने संकेत गर्छ,’ सेयर लगानीकर्ता दामोदर त्रिपाठीले भने ।
 
परिसूचक ८ महिनायताकै न्यून
नेप्से परिसूचक ८ महिनायताकै न्यून बिन्दुमा झरेको छ । गत वैशाख ७ मा १४ सय ३० अंकमा बन्द भएको नेप्से भोलिपल्ट १० अंक बढेको थियो । 
 
त्यसयता पहिलोपटक नेप्से १४ सय ४० अंकबाट ओर्लिएको हो । यसबीच अघिल्ला तीन महिनामा नेप्से ४ सय ५० अंक बढ्यो र पछिल्ला पाँच महिनामा त्यति नै घटिसकेको छ । नेप्सेले १४ सय ६९ अंकको बलियो टेवा बिन्दु तोडेर ओर्लिसकेको छ । 
 
रेखाचित्र विश्लेषणले अब नेप्से १३ सय ५० अंकसम्म झर्न सक्ने देखाएको छ ।
 
यसकारण घट्यो बजार
विज्ञका अनुसार सेयर बजार ओरालो लाग्नुमा राष्ट्र बैंकको नीति र वित्तीय प्रणालीको अवस्था नै सबैभन्दा मुख्य कारण बने । 
 
केन्द्रीय बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिमार्फत सेयरको धितोमा बैंकहरूले प्रवाह गर्ने मार्जिन प्रकृतिको कर्जामा कडाइ गर्‍यो ।
 
धितो मूल्यांकनको गणना विधि परिमार्जन गरेर राष्ट्र बैंकले सेयर धितो कर्जामा कडाइ गरेको थियो । त्यसलगत्तै वित्तीय प्रणालीमा तरलता अभावको परिस्थिति बन्यो । 
 
बैंक तथा वित्तीय संस्थाको पुँजी वृद्धि गर्ने नीति कार्यान्वयन गर्दा बैंकहरूमाथि व्यवसाय विस्तारको ठूलो चाप परेको बैंकरहरू बताउँछन् ।
 
लगानीको वातावरण सुध्रिनसकेको भनिएको बजारमा बैंकहरूले सेयरबजारमा लगानी बढाए । ‘बैंकरहरूको आक्रामक लगानी विस्तार रणनीतिले वित्तीय प्रणालीमा तरलता अभावको अवस्था निम्त्यायो,’ सेयर लगानीकर्ता गुरुदत्त पन्तले भने, ‘त्यसको पहिलो प्रभाव पनि सेयर बजारमा प¥यो ।’ 
 
तरलता अभावसँगै बैंकहरूले ब्याजदर बढाउने, सेयर धितो कर्जा प्रवाहमा कडाइ गर्ने गरेपछि सेयर बजारमा बिक्री चाप बढेको ब्रोकरहरू बताउँछन् । (नयाँ पत्रिका दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ