arrow

चेल्सीको चार्म बढ्यो, १२ खेलमा अपराजित, म्यानचेष्टरहरु पनि विजयी

logo
प्रकाशित २०७३ पुष १२ मंगलबार
chelsea.jpeg
स्टामफोर्ड ब्रिज । इङलिश प्रिमियर लिग फुटबलमा चेल्सीको चार्म बढ्दै गएको छ । चेल्सीले पछिल्ला १२ खेल जितेर उपाधिका लागि सबैभन्दा बलियो दावेदारी पस्किएको छ । चेल्सीले सोमबार राति भएको खेलमा एएफसी बर्नमाउथलाई ३–० ले हरायो । 
 
Pedro leaps through the air and kicks a corner flag in celebration after opening the scoring for Chelsea against Bournemouth
 
घरेलु मैदानमा चेल्सीलाई लगातार १२ औं जितको कीर्तिमान बनाउने क्रममा पेड्रो रोड्रिग्वेजले दुई गोल गरे भने एडिन हजार्डले पेनाल्टीमाफृत एक गोल थपे । जितसँगै चेल्सीले अंक तालिकाको अग्रतालाई अझै फराकिलो पारेको छ ।
 
Pedro is mobbed by his Blues team-mates after breaking the deadlock against the Cherries on Boxing Day
 
१८ खेलबाट चेल्सीको ४६ अंक भएको छ भने दोस्रो स्थानको म्यानचेष्टर सिटीको ३९ अंक भएको छ । म्यानचेष्टर सिटीले सोमबार रातिको खेलमा हल सिटीलाई ३–० ले हरायो । 
 
Pedro's shot, deep in second-half stoppage time, beat Boruc with the aid of a deflection off Steve Cook (not pictured)
 
म्यानचेष्टर सिटीलाई जिताउन याया टौरे र केलेचीले एक एक गोल गरे । कुर्टिसले ९० औं मिनेटमा आत्मघाती गोल थपिदिएका थिए । 
 
त्यस्तै लिगको अर्को खेलमा म्यानचेष्टर युनाइटेडले सन्डरल्याण्डलाई ३–१ ले हरायो । डाले ब्लाइन्ड, ज्लाटान इब्राहिमोभिच र हेन्रिक खितर्यानले एक एक गोल गरे । 
 
Mkhitaryan had returned to the United side off the bench after a spell on the sidelines
 
त्यस्तै आर्सनलले वेष्ट ब्रोमविचलाई १–० ले हरायो । एभर्टनले लेष्टर सिटीलाई २–० ले पराजित गर्‍यो ।
 
 
तालिकामा लिभरपुल ३७ अंकसहित तेस्रो स्थानमा छ । लिभरपुलले मंगलबार राति स्टोक सिटीसँग खेल्नेछ । त्यस्तै आर्सनल पनि ३७ अंकसहित चौथो स्थानमा छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ