arrow

भूपी शेरचनको जन्मजयन्तीः ‘अल्झेछ क्यारे पछ्यौरी.....’

logo
प्रकाशित २०७३ पुष १२ मंगलबार
bhupi-sherchan.jpeg
काठमाडौं । नेपाली आधुनिक कविताकाका धुरन्धर कवि भूपी शेरचनको ८१ औं जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदैछ । ‘घुम्ने मेचमाथि अन्धो मान्छे’ कविताका लागि साझा पुरस्कारबाट सम्मानित भूपिको लेखनमा व्यङ्ग्यसूत्र थियो । 
 
वास्तविक नाम भुपेन्द्रमान रहेका भूपी मुस्ताङको थाक टुकुचेमा १९९२ साल पुस १२ गते जन्मेका थिए । उनको २०४६ जेठ १ गते निधन भएको थियो । 
 
मदन पुरस्कार विजेता भूपीका परिवर्तन नाटक, नयाँ झ्याउरे कविता, निर्झर कविता र घुम्ने मेचमाथिको अन्धो मान्छे कविता संग्रह चर्चित छन् । 
 
अल्झेछ क्यारे पछ्यौरी गीत लेखेका भूपीको त्यो पछ्यौरीकै कारणले हो कि दुई जना बिहे गरेका थिए । उनले २०२५ सालमा अन्तर्जातीय विवाह नै गरे । 
 
नारायण गोपालको स्वरमा अम्बर गुरुङले संगीत भरेको यो कालजयी गीत अहिले पनि धेरैले गुन्गुनाउँछन् । 
 
भूपी शेरचनको जन्मजयन्तीको अवसर पारेर विभिन्न ठाउँमा कविता वाचनसमेत हुँदैछ । 
 
भूपीले पत्रकारलाईसमेत आफ्नो लेखनबाट गुन लगाएको पाइन्छ । किनकि उनको एक कविता सेल्फ पोट्रेटले साँच्चिकै धेरैको मन छोएको थियो ।
‘केही लेख्छन्
यसो हेर्छन्
चित्त बुझ्दैन
अनि केर्छन्
पुनः लेख्छन्
पुनः हेर्छन्
लामो सास फेर्छन्
कठैबरा, बिचरा
‘भूपी’ शेरचन !’
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ