arrow

पप गायिका ब्रिटनी स्पेयर्सलाई मारेपछि सोनीले भन्यो ‘सरी’

logo
प्रकाशित २०७३ पुष १२ मंगलबार
birtney.jpeg
काठमाडौं । चर्चित गायिका ब्रिटनी स्पेयर्सलाई सोनी म्यूजिकले मारेको छ । सोनीले सामाजिक संजालमा ट्वीट गर्दै उनको निधन भएको जनाएको हो । संगीत बजारको बादशाह सोनी म्युजिक ग्लोबलले ब्रिटनीको दुर्घटनामा मृत्यु भएको जनाएको हो ।
 
पपस्टार ब्रिटनीलाई मारेको सन्देश बाहिर ल्याएपछि सोनीको आधिकारिक ट्वीटरले ब्रिटनी ज्यूँदै रहेको थाहा पाएपछि माफी मागेको छ । उसले ब्रिटनी र उनका फ्यानलाई पर्न गएको आघातप्रति माफीसमेत मागेको छ । 
 
जानकारी पाउनासाथ सोनीले ट्वीट गरेको सन्देश हटाएको थियो । ३५ वर्षीया ब्रिटनीले यसबारे कुनै प्रतिक्रिया नजनाए पनि उनकी म्यानेजरले भने ब्रिटनी स्वस्थ्य र सही सलामत रहेको प्रतिक्रिया दिएकी छिन् । 
 
Tweet
साइबर अपराध गर्नेले यो घटना गराएको हुन सक्ने अनुमान गरिएको छ ।   
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ