arrow

गुगलको शक्ति २०१७ देखि पूर्ण रुपमा हावा र घामको भरमा !

फेसबुक र एप्पल अझै परम्परावादी सोचमा

logo
प्रकाशित २०७३ पुष १२ मंगलबार
google.jpeg
काठमाडौं । विश्वको सबैभन्दा ठूलो सर्च इन्जिन गुगलले २०१७ को अन्तिमसम्म आफू पूर्ण रुपमा नवीकरणीय उर्जामा निर्भर हुने घोषणा गरेको छ । गुगलले सन् २०१२ मा नै अबको ५ वर्षमा आफू पूर्णतया नवीकरणीय उर्जा प्रयोग गर्ने कम्पनी बन्ने प्रतिज्ञा गरेको थियो । त्यसै अनुरुप उसले २०१६ को अन्तिममा आफू पूर्णतया नवीकरणीय उर्जाको प्रयोग गर्ने घोषणा दोहोर्याएको हो । यसको लागि गुगलले एग्रेसिभ रुपमा आफै खनिज तथा विभिन्न चट्टानहरुबाट नवीकरणीय उर्जा उत्पादन गर्न थालिसकेको गुगले जनाएको छ । 
 
गुगलका वरिष्ठ उपाध्यक्ष उर्स होल्जलले भने ‘यो एकदमै ठूलो कोशेढुङ्गा हो । यसले हामीलाई सबैभन्दा ठूलो नवीकरणीय उर्जा प्रयोग गर्ने संस्थाको रुपमा लामो समयसम्म स्थापित गराउने छ ।’ उनले आफ्नो शक्तिको मूल स्रोत सूर्य र हावा रहेको पनि स्पष्ट पारे । 
 
अहिले गुगल विश्वकै सबैभन्दा ठूलो नवीकरणीय उर्जा खरीद गर्ने संस्था बनेको छ । अहिले गुगलले २६ सय मेगावाट नवीकरणीय उर्जा खरीद गरिरहेको छ । त्यसो त गुगल मात्रै नवीकरणीय उर्जा प्रयोग गर्ने संस्था भने होईन । यस बाहेकका पनि धेरै संस्थाहरु नवीकरणीय उर्जाहरु तर्फ आकर्षित भएको पाईन्छ । कुन अन्तराष्टिय संस्थाले कति मात्रामा नवीकरणीय उर्जा प्रयोग गर्छन् ? यो तल प्रस्तुत गरिएको छ । 
 
गुगल पछि सबैभन्दा बढी नवीकरणीय उर्जा प्रयोग गर्नेमा अमेजन रहेको  अमेजनले १२ सय भन्दा बढी नवीकरणीय उर्जा हावाबाट उत्पादन गर्छ भने ४ सय मेगावाटको हाराहारीमा उर्जा सोलार शक्तिबाट प्राप्त गर्ने गरेको छ । 
 
यसरी नवीकरणीय उर्जा प्रयोग गर्नेमा फेसबुक र एप्पल, माईक्रोसफ्ट जस्ता संस्थाहरु धेरै बाईकटिङ न्यू इनर्जि फाईनान्स नामक संस्थाले जनाएको छ । फेसबुकले सोलार पावरबाट आफ्नो काम गर्दैन । फेसबुकले हावाको माध्यमबाट प्राप्त गरिने शक्तिबाट झण्डै ५ सय मेगावाट मात्रै विद्युत प्रयोग गरेको देखाईएको छ । 
 
तर एप्पलको त्यतिपनि हिस्सा नवीकरणीय उर्जामा छैन भने माईक्रोसफ्टको हिस्सा फेसबुकको बराबर रहेको रिपोर्टले देखाएको छ । उनीहरुलाई अझै पनि नवीकरणीय उर्जामा भिज्न नसकेको भन्दै उसको कामलाई परम्पराबादी सोचको उपज रहेको टिप्पणी हुन थालेको छ । 
 
कुन विश्व प्रसिद्ध कम्पनीले कति मात्रामा नवीकरणीय उर्जाको प्रयोग गर्छन् ? भन्ने विषय विस्तृतमा तलको चार्टमा देखाईएको छ ।   
Image may contain: text



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ