arrow

मुलुकको राजनीतिक अवस्था प्रति नेविस‌ंघ भारतको चिन्ता

logo
प्रकाशित २०७३ पुष १२ मंगलबार
NSU-India.jpeg
काठमाडौं । नेपालमा भईरहेको समसामयिक राजनीतिक अवस्था प्रति भारतमा रहेका नेपाली विद्यार्थीहरुको संगठन नेविसघं भारतले चिन्ता व्यक्त गरेको छ । नेपाल विद्यार्थी संघका केन्द्रीय अध्यक्ष नैनसिंह महर भारत भ्रमणमा रहेकोे अवसर पारेर दिल्लीमा रहेको भारतीय दुतावासमा नेबिसघं भारतले आयोजना गरेको अन्तरत्र्रिmया कार्यक्रममा विद्यार्थी संगठनले मुलुकको राजनीतिक अवस्थाले संविधान कार्वान्यनमा बाधा पर्याउन सक्नेमा चिन्ता ब्यक्त गरेका थिए । 
 
विद्यार्थी संगठनले लामो समय पछि प्राप्त संविधानले मुलुक र जनताको पक्षमा रही सबैको समान अधिकार सुनिश्चित हुने तरीकाले अगाडि बढ्न राजनीतिक दलहरुलाई आग्रह पनि गरेका छन् । कार्यक्रममा प्रमुख अतिथी रहेका महरले मुलुकलाई सकरात्मक निकास र समृद्धमा अगाडि बढाउन विद्यार्थीको भुमिका महत्वपूर्ण हुने भएकाले भारतमा पढ्न बसेका विद्यार्थीहरुलाई मुलुकप्रति गम्भीर भएर अगाडि बढ्न निर्देशन दिए । 
 
यस्तै भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले भारतमा रहेका सम्पूर्ण नेपाली विद्यार्थीहरु समस्या रहित भएर अगाडि बढाउन आफू निरन्तर लाग्ने बताए । कार्यक्रम नेविसंघ भारतकी अध्यक्ष मनीषा अर्यालको अध्यक्षतामा भएको थियो ।
 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ