चाणक्यको मृत्यु : आत्महत्या हो कि जीउँदै आगो लगाईएको थियो ?

कल्की अवतार, प्रकाशित मिति : २०७३ पौष १२ मंगलबार , ९,००३ पटक हेरिएको
तस्वीर : वेव
काठमाडौं । आचार्य चाणक्य पूर्वीय दर्शन एवं वाङ्मयका एक धुरन्धर विद्वान हुन् । इशापूर्व ३ सय ७१ मा जन्मिएका चाणक्यको निधन भने इशापूर्व २ सय ८२ मा भएको थियो । चाणक्यले आफ्नो जीवनकालमा मुद्रा राक्षस, बृहत्कथाकोश, वायु पुराण, मत्स्य पुराण, विष्णु पुराण बौद्ध ग्रन्थ महाभाष्य, जैन पुराण आदि कृतिहरुको रचना गरेका थिए । पूर्वीय वाङ्मयको इतिहासमा आचार्य चाणक्यको नाम स्वर्णिम अक्षरमा लेखिएको छ । चाणक्य एक कुशल राजनीतिज्ञ मात्रै होईनन्, शिक्षक, धर्माचार्य र कुशल अर्थशास्त्री पनि थिए । 
 
उनले वाल्यावस्थामा नै कामसूत्र भन्ने किताव पनि लेखेका थिए भन्ने विश्वास छ । आचार्य चाणक्यलाई उनका पिता चणकले नै कौटिल्य नाम राखिदिएका थिए । उनको अहिले कतै चाणक्य, कौटिल्य, विष्णुगुप्त लगायतका नामबाट हामी उनलाई चिन्न सक्दछौं । 
यस्ता आचार्य चाणक्यको जीवनी त जताततै पाईने गरेको छ । जीवनीको विषयमा त धेरैले धेरै कुरा सुनिसकेको हुनुपर्छ । तर, उनको मृत्यु कसरी भयो भन्ने सवालमा भने कतैपनि उल्लेख भएको पाईँदैन । काहीँकतै उल्लेख भएपनि यसमा एकमत भने रहेको छैन । 
 
कसैले भन्छन् आचार्य चाणक्य आफ्नो सबै काम पूरा गरिसकेपछि आफूखुशी जंगलतिर गएका थिए र जंगलमा तपस्या गर्न गएका चाणक्य फिर्ता भएनन् । यो एकाथरीको मत हो भने अर्काेथरीले मगधकी रानी हेलेनाले वीष खुवाएर उनलाई मारेको भन्ने कुरा पनि चर्चामा ल्याएका छन् । तर यसको यथार्थ बुझ्नको लागि भने इतिहासको पाना फेरि एकपटक पल्टाउनुपर्ने देखिन्छ । 
 
चाणक्यको मृत्युबारे फरकफरक मत 
एउटा चर्चा राजा चन्द्रगुप्तको निधन भएपछि आचार्य विधिका अनुसार राजा विन्दूसारले सहजै राज्य प्राप्त गर्न सफल भएका थिए । उनी जन्मने वित्तिकै आमाको निधन भएकोले उनलाई आफ्नी आमाको हत्याको विषयमा कसले र किन मारेको भन्ने थाहा थिएन । जब उनी राजा भए त्यसपछि उनका मन्त्री सुबन्धुले चाणक्य विरूद्ध कडा षड्यन्त्र रच्न थाले । सुबन्धु पहिलेदेखि नै चाणक्इका खरो आलोचक तथा विरोधी थिए । उनले विस्तारै विस्तारै उनको माताको हत्या आचार्य चाणक्यले गरेको आरोप लगाएर राजा विन्दूसारलाई कान फुक्न थाले ।  
 
यसरी सुवन्धुले कान फुक्न थालेपछि विस्तारै राजा विन्दूसार र चाणक्यकोबीचमा भने दूरी बढ्न थाल्यो । हुँदाहुँदै स्थिती यस्तो भयो कि चाणक्य राजकाज छाडेर जंगलतिर हिँड्न नै बाध्य भए । जब चाणक्य सबै काम छाडेर जंगलतर्फ लागे, पछि एक भारदारले राजा विन्दूसारलाई नयाँ कहानी बताईदिएका थिए कि चाणक्यले उनकी आमालाई मारेको भन्ने कहानी के हो भनेर । उनले सधैंभरी चन्द्रगुप्तको दानामा चाणक्यले मन्दमन्द मात्रामा बीष हालिदिने गरेका थिए । यसको मतलब थियो कि अरुले षड्यन्त्र गरेर वीष खुवाएको खण्डमा पनि चन्द्रगुप्तलाई केही नहोस् । त्यही रितक्रम चल्दै जाँदै थियो । यस विषयमा न त राजा चन्द्रगुप्त जानकार थिए न त उनको परिवार नै ।
 
अन्जानकै भरमा एकदिन चन्द्रगुप्तको लागि बनाएको खाना उनकी पत्नीले खाईन् र त्यसैको असरले उनको ज्यान गयो । उनी मृत्युहुने बेलामा गर्भवती थिईन् । उनको मृत्युको कुरा सुन्नासाथ आचार्य चाणक्यले तत्कालै गएर चन्द्रगुप्तकी पत्नीको पेटमा रहेको बच्चा निकालेका थिए । जसले आचार्य परम्परा अनुसार राजकाज गर्नको लागि बाटो खुलाईदिएको थियो । 
 
यसत भन्दै ती भारदारले विन्दूसारलाई चाणक्य नभएको भए तिमी राजा बन्ने नै थिएनौं भनेपछि राजा विन्दूसार चाणक्यलाई फिर्ता दिन गएका थिए । तर, चाणक्यले फिर्ता हुँन नमानी जंगलमा नै आत्महत्या गरेको कहानी एकापक्षले सुनाउने गरेको छ ।  
उता, अर्काे पक्ष भने चाणक्यलाई जिउँदै आगो लगाईएको थियो भन्ने विषयमा तर्क गर्छ । यस विषयमा कतिपय चलचित्र पनि निर्माण भईसकेको छ ।
 
राजा विन्दूसारका मन्त्री सुबन्धु आचार्य चाणक्यलाई देखिसहँदैन थिए । चाणक्यको निधनहुनुभन्दा केही पहिले उनी जसरी पनि चाणक्यलाई सिध्याउने खेलमा लागेका थिए । त्यही षड्यन्त्रको क्रममा एकदिन उनी बस्नेगरेको कोठामा आगो लगाएर चाणक्यलाई मार्न सफल भएको भनेर पनि टिप्पणी हुने गरेको छ । 
 
जे जशो भएपनि विश्व प्रख्यात आचार्य चाणक्यको पनि निधन भने सुख पूर्वक हुन सकेन भन्न सकिने आधार भने दुबै पक्षको तर्कबाट गर्न सकिन्छ । कुन् पक्षको कुरा सही हो भन्ने सवालमा भने आधिकारिक अध्ययन पछि मात्रै बताउन सकिन्छ ।
विभिन्न भारतीय सञ्चारमाध्यमकाे सहयाेगमा 
 
नयाँ