arrow

'प्रदेशमै पर्यटन कार्यालय' : मन्त्री शाही

logo
प्रकाशित २०७३ पुष १२ मंगलबार
sahi-mantri.jpeg
चितवन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीबनबहादुर शाहीले हरेक प्रदेशमा पर्यटन कार्यालय व्यवस्थापन गर्न गृहकार्यमा मन्त्रालय जुटेको बताएका छन ।चितवनमा होटल तथा पर्यटन व्यवसायीसँगको छलफल बोल्दै मन्त्री शाहीले  सो कुरा बताएका हुन् ।
 
शाहीले पर्यटन प्रर्वद्धन र सहजिकरणका लागि प्रादेशिक कार्यालय स्थापनाका लागि मन्त्रालय तयारीमा जुटेको भनाई राखेका छन । 
पर्यटकीय क्षेत्रको रूपमा परिचित र व्यवस्थित रहेको चितवनको पर्यटन प्रवर्द्धन र विकासमा आफू र आफूले नेतृत्व गरेको मन्त्रालयले जस्तो सुकै सहयोग गर्न तयार रहेको भन्दै मन्त्री शाहीले नेपालको पर्यटन क्षेत्रको विकासका लागि सबैजना एकजुट भएर लाग्नु पर्ने बताए ।
 
मन्त्री शाहले पर्यटन सम्बन्धि अनुकूल निति निर्माणमा मन्त्रालय लागि परेको र यसका लागि छरिएर रहेका नीति तथा नियमहरुलाई एकिकृत गर्ने काम भैइरहको जानकारी दिए ।
 
हात्ती महोत्सवको अवसरमा चितवन आएका मन्त्री शाहीले तेस्रो पर्यटन गन्तव्यको रूपमा रहेको सौराहामा पर्यटन पूर्वाधार विकासमा जोड दिदै पर्यटन मैत्री नियम तयार गर्ने बताए  । साथै उनले नेपालमा रहेको हात्ती पोलो खेललाई राष्ट्रिय खेलको रुपमा विकास गर्नु पर्नेमा जोड दिए । पर्यटन विकासका लागि होमस्टेको विकासमा जोड दिदै मन्त्री शाहीले नेपालको सुन्दर भबिष्य पर्यटन क्षेत्रसँग जोडिएको बताए ।
 
नेपाल पर्यटकहरुको प्रमुख गन्तव्य रहेको भन्दै मन्त्री शाहीले बाह्य पर्यटक भित्र्याउनका लागि पनि वाइडबडी जहाज खरिद गर्न लागिएको बताए । उनले छिट्टै खरिद गर्न लागिएको वाइडबडी जहाज नेपालको पर्यटन विकासका लागि कोसेढुङ्गा साबित हुने समेत ठोकुवा गरे ।
 
मन्त्री शाहीसँगै रहेका एमाले नेता तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले लगायतका व्यक्तित्वहरुले पर्यटन व्यवसाय प्रबर्द्धनका लागि नयाँ पर्यटन गन्तव्य घोषण गरि नयाँ जहाज खरिद गर्नु पर्नेमा जोड दिदै मन्त्री  ध्यानाकर्षण गराएपछि मन्त्री शाहीले जाहज खरिद गर्नका लागि आफू लागिपरेको र छिट्टै जहाज खरिद गर्ने कुरामा ढुक्क हुन आग्रह गरे । मन्त्री शाहीले दुईवटा वाइड बडी जहाज खरिद गर्नका सम्पूर्ण प्रक्रिया पुरा भैसकेको स्पष्ट पारे ।
 
मन्त्री शाहिले मौलाकालिका देवघाट जस्ता अत्यान्तै महत्वपूर्ण धार्मिक तथा पर्यटकीय क्षेत्रको निरीक्षण गरेको र  यस्ता धार्मिक तथा पर्यटकीय स्थानहरुको उचित व्यवस्थापन र सुधार गर्ने आफ्नो उदेश्य रहेको भन्दै यसका लागि आफूले निरन्तर प्रयास गरिरहेको  बताएको उनका प्रेस सल्लाहकार सुनिल सापकोटाले जानकारी दिए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ