arrow

फरार अभियुक्त जेल चलान

logo
जितेन्द्र भण्डारी,
प्रकाशित २०७३ पुष १२ मंगलबार
jail-.jpg.jpeg
पाँचथर।  जिल्ला प्रहरी कार्यालय पाँचथरले पछिल्लो समय जिल्ला अदालत पाँचथरबाट दोषी ठहर भई फरार भएका अभियुक्तहरुलाई धमाधम पक्राउ गर्न थालेको छ ।
 
यसैक्रममा पछिल्लो एक हप्तामा मात्रै ५ जना फरार प्रतिवादीहरु लाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।पक्राउ पर्नेहरुमा करणी मुद्धाका आरोपी पाँचथर पंचमीका राम कुमार थुगुम्बा,वन मुद्धाका आरोपी भारपाका बुद्धिमान तामाङ, आगो लगाएका मुद्धा खेपेका फिदिमका सुवास राई रहेका छन् ।
 
यस्तै लुटपिट मुद्धाका नाँगिनका तारा खतिवडा, र कुटपिट मुद्धाका आरोपी चिलिङदेनका देउमान नेम्बाङ रहेका छन् । उनीहरु मध्ये राम कुमार र सुवास भने कारागार चलान भएका छन् । अन्यलाई नगद जरिमाना गरिएको प्रहरी नायव उपरिक्षक नकुल पोख्रेलले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ