arrow

मनाङको गोवा लघु जलविद्युत् आयोजना पुनःनिर्माण

logo
प्रकाशित २०७३ पुष १२ मंगलबार
micro_hydro_cartoon1.jpg.jpeg
मनाङ । भूकम्पबाट क्षतिग्रस्त यहाँको एक लघु जलविद्युत् आयोजना पुनःनिर्माण गरिएको छ । विनाशकारी भूकम्पका कारण क्षतविक्षत भएको ३० किलोवाट क्षमताको गोवा खोला जलविद्युत् आयोजना डेढ वर्षपछि पुनःनिर्माण गरिएको हो । 
 
दश वर्षअघि निर्माण गरिएको सो आयोजना भूकम्पमा परी क्षतविक्षत भएको थियो । तिल्चे गाउँका झन्डै ८० र गोवा गाउँका १० घरधुरीलाई लक्षित गरी निर्माण गरिएको सो आयोजना निर्माण गरिएको थियो । 
 
आयोजना पुनःनिर्माणका लागि जिविसबाट रु ३९ लाख ९९ हजार, सांसद क्षेत्र विकास कार्यक्रमबाट रु नौ लाख ५० हजार र जनश्रमदानबाट रु पाँच लाख १७ हजार गरी झन्डै रु ५४ लाखको लागतमा पुनःनिर्माण गरिएको हो । 
 
भूकम्प र वर्षाका कारण आयोजनाको विद्युत् गृह, पेनस्टक पाइप र जलाशयमा पारेका थियो । तीस किलोवाट क्षमताको यो आयोजनाबाट तिल्चे र गोवका ९० घरपरिवार लाभान्वित भएका छन् । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ