arrow

आगलागी पीडितकाे पीडाप्रति स‌ंवेदनशील बन्न आग्रह

प्रधानमन्त्री आगलागी क्षेत्र आउने कार्यक्रम सर्‍यो

logo
अमृत बास्ताेला,
प्रकाशित २०७३ पुष १२ मंगलबार
Terhathum.jpeg
तेह्रथुम। आपतकालिन अवस्थामा कुनै पनि दैनिक उपभोग्य लगायत अन्य सामनको मूल्य बृद्धि नगर्न उद्योग वाणिज्य संघ संक्रान्तिबजारले व्यावसायीहरुलाई अपिल गरेको छ । गत पुस १ गते संक्रान्तिबजारमा भएको भीषण आगलागी पछि हुन सक्ने सम्भावित कालोबजारी र मूल्य बृद्धिलाई पूर्व नियन्त्रणका लागि मंगलबार बसेको संघको बैठकले उक्त निर्णय उद्योग वाणिज्य संघ संक्रान्तिबजारका अध्यक्ष प्रेम पौडेलले जानकारी दिए । 
 
त्यस्तै बैठकले संक्रान्तिबजार र संघको क्षेत्राधिकार भित्र सामान बिक्री गर्ने उद्योग, होलसेल बिक्रेता लगायतका उद्योगी व्यापारीहरुलाई अग्निपीडितलाई आवश्यक सहयोग गर्न समेत अनुरोध गरेको छ । आगलागीबाट विभिन्न व्यावसाय संचालन गर्ने ४३ पसल सहित ३२ घर खरानीहुदाँ १४ करोड ८ लाख रुपैया बराबरको क्षति भएको छ 
 
अग्निपिडितलाई फेदाप समाजद्धारा सहयोग
त्यस्तै, भीषण आगलागीका अग्निपीडित परिवारलाई मंगलबार फेदाप समाज धरान सुनसरीले राहत सामग्री उपलब्ध गराएको छ । संक्रान्तिबजार आइपुगेका समाजका प्रतिनिधिहरुले इलाका प्रहरी कार्यालय सक्रान्तिबजारमा औपचारिक कार्यक्रमको आयोजना गरी अग्निपिडित ७३ परिवारलाई १÷१ थान सिरक वितरण गरेको हो । 
 
कार्यक्रमलाई सम्बोधन गर्दै समाजका केन्द्रीय अध्यक्ष गजेन्द्र इस्वोले अग्निपीडित परिवारको यो दुःखद घडिमा सबै सरोकारवाला सहयोगीहरुले साथ दिनु पर्नेमा जोड दिए । जाडोको मौसमा पीडितहरुको समस्यालाई न्यानो बनाउन १ लाख ४६ हजार बराबरको ७३ थान सिरक उपलब्ध गराइएको समाजका केन्द्रीय महासचिव सन्तोष कुरुङवाङले जानकारी दिए । उक्त सामग्री समाजको अगुवाईमा विभिन्न व्यवसायी व्याक्तिहरुबाट संकलन गरेर पिडितहरुलाई उपलब्ध गराएको बताइएको छ । 
 
प्रधानमन्त्री आगलागी क्षेत्र आउने कार्यक्रम सर्‍यो
उता, प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले आठराई संक्रान्तिबजारको आगलागी क्षेत्रमा स्थलगत निरिक्षण गर्ने कार्यक्रम सरेको छ । प्रधानमन्त्री आगलागीबाट भएको क्षतिको निरिक्षण र पिडितहरुलाई राहत प्याकेज घोषणाका लागि पुस १३ गते संक्रान्तिबजारमा आउने कार्यक्रम रहेको थियो । प्रधानमन्त्रीको कार्यव्यस्थताका कारण निर्धारित कार्यक्रम सरेकाले पुस १९ गते उक्त कार्यक्रम संचालन हुने उद्योग वाणिज्य संघ संक्रान्तिबजारले प्रकाशन गरेको सूचनामा उल्लेख छ । 
 
यस अघि नेपाल सरकारका उप प्रधानमन्त्री तथा गृहमन्त्री बिमलेन्द्र निधिले आगलागी क्षेत्रको स्थलगत निरिक्षण र अग्निपीडितहरुलाई सान्तवना दिन घटना लगतै आएका थिए भने जन्मथलो संक्रान्तिबजार भएका पुर्व गृहमन्त्री तथा नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौला, सभासदहरु भवानी खापुङ, सिता गुरुङ, भानुभक्त ढकाल र गणेश विमलीले पनि घटनाको स्थलगत निरिक्षण गरि राहत वितरण तथा राहतको प्याकेज घोषणा गरिसकेका छन् ।   
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ