arrow

नेपाली फुटबल टोलीलाई एसिया कप छनोट खेल्ने अवसर

logo
प्रकाशित २०७३ पुष १२ मंगलबार
nepal-guwahati-FNL.jpg.jpeg

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीले एएफसी एसिया कपको छनोट खेल्न पाउने भएको छ । नेपालले सन् २०१९ मा युएईमा हुने एसिया कपकाे  छनाेट खेल्न पाउने भएको हो ।

छनोट चरण खेल्ने अवसर पाएको ग्वामले नाम फिर्ता लिएपछि नेपालले अवसर पाएको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । मलेसियामा भएको एएफसी सोलिडारिटी कप च्याम्पियन बनेर विश्वको ध्यान खिचेको नेपालले ग्वामको ठाउँमा खेल्ने मौका पाएको हो ।

छनोटमा सहभागि हुने २४ टोलीलाई ६ समूहमा विभाजन गरी खेलाइने छ । छनोट खेल्ने समूहका शीर्ष दुई टिम एसिया कपको मुख्य स्पर्धाका लागि योग्य ठहरिने छन् । छनोट चरणको समूह ‘ड्र’ आगामी जनवरी २३ तारिखमा हुने एएफसीले जनाएको छ ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ