arrow

रत्न पत्थर उत्खननका लागि विशेष पहल, तीन महिने तालिम नै

logo
प्रकाशित २०७३ पुष १३ बुधबार
gemstone-astrology.jpeg
डोटी । नेपालमा पाइने बहुमूल्य रत्न पत्थर कुनै न कुनै किसिमले चोरी–निकासी भइरहेका बेला यसलाई पत्ता लगाउन र उत्खननका निम्ति पहल सुरु भएको छ । घरेलु तथा साना उद्योग विकास समिति डोटीले जिल्लाका विभिन्न स्थानमा रहेका नदी, पहाडी र लेकाली क्षेत्रमा पाइने रत्न पत्थरका विषयमा तीनमहिने तालिम दिन सुरु गरिएको छ । 
 
देशमा बेरोजगारी समस्या बढ्दै गएका बेला यस्ता आधारभूत तालिमले यहाँका जनताको जीवनस्तर उकास्नमा थप टेवा मिल्ने समितिका कार्यकारी निर्देशक माधव सुवेदीले जानकारी दिए । 
 
गत वर्ष पनि समितिले जिल्लामा सोसम्बन्धी तालिम सञ्चालन गरेको थियो । सो तालिमले धेरैलाई सीप प्रदान गरी आत्मनिर्भर गराउने डोटी उद्योग वाणिज्य सङ्घका अध्यक्ष नरेन्द्र खड्काले बताए । 
 
रत्न पत्थरसम्बन्धी जानकारी नहुँदा यहाँका बहुमूल्य ढुङ्गा गिट्टी, बालुवामा परिणत भएको तथा भारतीय नाकाद्वारा चोरी–निकासी भइरहेको पत्रकार मिलन परियारले बताए ।
 
उनले भारतीयहरु नेपालमा आई बहुमूल्य ढुङ्गा चिनेर नम्बर हाल्ने र यहाँका केही व्यक्तिको संलग्नतामा निकासी गर्ने प्रति पनि सजग हुनुपर्नेमा जोड दिए । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ