arrow

कानपुरमा फेरि भयानक रेल दुर्घटना, २ को मृत्यु ४८ घाइते

logo
प्रकाशित २०७३ पुष १३ बुधबार
kanpur-train.jpeg
कानपुर । भारतको उत्तरप्रदेशस्थित कानपुरमा बुधबार बिहान रेल दुर्घटना हुँदा कम्तीमा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा ४८ जना घाइते भएका छन् । 
 
बिहान स्थानीय समय अनुसार ५ः३० बजे सियालदह–अजमेर एक्सप्रेस रेल दुर्घटना भएको हो । रेलका दुई डिब्बा नहरमा खसेका थिए भने १५ डिब्बाले रेलको लिक छोडेका थिए । 
 
Sealdah-Ajmer express train, national news in hindi, national news
 
कानपुर प्रहरीका अनुसार कानपुरबाट ५० किलोमिटर टाढा रुला इलाकामा भएको घटनामा घाइतेहरुको उद्धार गर्न ढिलाइ भएको छ । रेल मन्त्री सुरेश प्रभुले दुर्घटना दुर्भाग्य भन्दै अनुसन्धानका लागि आदेश दिएका छन् । 
 
Sealdah-Ajmer express train, national news in hindi, national news
 
यसअघि कानपुरकै देहात स्टेशनमा गत नोभेम्बर २० तारिखमा इन्दोर–पटना एक्सप्रेसको रेल दुर्घटना हुँदा १४५ जनाको मृत्यु भएको थियो भने १७५ बढी घाइते भएका थिए ।
Sealdah-Ajmer express train, national news in hindi, national news
सो घटनामा मृत्यु भएका २५ जनाको अझै सनाखतसमेत हुन सकेको छैन । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ