arrow

रसुवामा स्की खेल, ५० नेपाली तथा २५ विदेशी सहभागी

logo
प्रकाशित २०७३ पुष १३ बुधबार
ski.jpeg
रसुवा । खेलको माध्यमबाट पर्यटन प्रवद्र्धनमा टेवा पु-याउन गोसाइँकुण्ड क्षेत्रमा सञ्चालित स्की खेल (हिउँमा खेलिने) सम्पन्न भएको छ । हिमालयन स्की खेल प्रालिका कार्यकारी निर्देशक ललितबहादुर श्रीसका अनुसार समुदायमा आधारित पर्यटन प्रवद्र्धनको विकासमा मद्दत पु-याउने अभिप्रायले महोत्सवको आयोजना गरी गोसाइँकुण्ड र सूर्यकुण्ड इलाका क्षेत्रमा स्की खेल कार्यक्रम सम्पन्न गरिएको हो । 
 
खेलमा ५० स्वदेशी तथा २५ विदेशी (अमेरिका, बेलायत, चिली, अस्ट्रिया, जर्मनी, स्विडेन र फ्रान्स) समेतका नागरिक सहभागी भएको बताइएको छ । 
 
यही पुस ३ गतेदेखि सुरु भएको स्की खेलका क्रममा गत आइतबार हिमाली क्षेत्रमा परेको हिमपातले खेलाडीमा थप उत्साह बढेको थियो । 
 
प्रालिका कार्यकारी निर्देशक श्रीसले पाँच वर्षअघिदेखि लाङटाङ तथा गोसाइँकुण्ड क्षेत्रमा आलोपालो रुपमा खेल सञ्चालन गरिँदै आएको जानकारी दिए। रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ