arrow

एउटै बोकाबाट ५० हजार आम्दानी

logo
राजन परियार,
प्रकाशित २०७३ पुष १३ बुधबार
photo-sindhuli-boka.jpeg
सिन्धुली । एउटा वोकावाट हजार आम्दानी गर्न सकिन्छ भन्दा जोकोहीलाई विश्वास नलाग्न सक्छ तर यो सत्य सावित भएको छ । यहाँ एक किसान एउटै बोकाबाट ५० हजार रुपैयाँसम्म आम्दानी लिन सफल भएकी छन् । कमलामाई नगरपालिका–४, चिसापानीकी किसान भिमकुमारी थामीले उन्नतजातको एउटै बोकोबाट पचास हजार रुपैयाँ आम्दानी लिन सफल भएकी छन् ।
 
व्यावसायीक रुपमा बाख्रापालन गर्दै आएकी थामीले पालेको उन्नतजातको व्याड बोको शुल्क र बोकाको विक्रीबाट पचास हजार रुपैयाँ आम्दानी लिएकी हुन् । ‘दुई वर्ष सम्ममा बोकोको ब्याड शुल्कबाट २५ हजार रुपैयाँ लिएको थिए,’र ‘अहिले २५ हजारमा बोका विक्री गर्दै छु ।’ बोका विक्रीका लागि आएकी किसान थामीले वताइन । 
 
एउटा बाख्रालाई ब्याड लगाएको तिन सय रुपैयाँ लिने गरेको उनको भनाई छ । ‘अहिलेसम्म झण्डै एक सय भन्दा बढी किसानका बाख्राहरुमा ब्याड लगाइसको उनले वताइन । उनिहरुबाट तिनसयका दरले २५ हजार रुपैयाँ भन्दा बढी आम्दानी लिइसकेको छु । अहिले २५ हजार रुपैयाँमा तेही बोको विक्रीका लागि टुंगो टांगी भयो,’ किसान थामीले थपीन् । ब्याड र बोकाको मुल्य गरेर ५० हजार रुपैयाँबढी लिएको उनले बताइन् । उन्नत जातको बोका भएकाले पनि गाउँघरका सबैले बाख्रा ल्याउने गरेको र नयाँ पाठापाठी पनी उन्नत जानको भएको उनले वताइन् ।
 
‘मैले सुरुमा सात हजार रुपैयाँमा ब्याहुने बाख्रा ल्याएको थिए । त्यसले बोका पायो । त्यहि बोकाले अहिले पचास हजार रुपैयाँसम्म आम्दानी दिन सफल भयो । सातहजारमा किनेको बाख्रा छदै छ । त्यसले पनि झण्डै चालिस हजारको पाठापाठी अरु जन्माइ सकेको छ,’ उनले भनिन् ।
 
एउटै बोकाबाट ५० हजारसम्म आम्दानी गर्दा निक्कै खुसी भएकी थामीले बोका विक्रीबाट फेरी अर्को सानो बोको किनेर पाल्ने सोँच बनाएकी छिन् ।  थामीले भनिन् ‘अहिलेको बोको झण्डै तिन वर्ष भयो होला, बुढो पनि हुँदै गयो । अब यो विक्री गरेर अर्को यस्तै उन्नत जातको बोका बिनेर फेरी यसरीनै ब्याड पालेर आम्दानी लिने सोच बनाएकी छु,’ ।
 
घरमै बसेर यसरी एउटै बोकाबाट यत्तिको रकम आम्दानी गर्न सकिने भएपछि उनले बाख्रालाई ब्यावसायिक पालन गर्ने तयारी पनि गरेकी छिन् । उनले भनिन्, ‘हामी जस्ता पढलेख नभएकाहरुले पनि घरमै बसेर राम्रो आम्दानी गर्न सकिने रहेछ । अब अरु पनि बाख्रा पाल्ने तयारी गरेकी छु । थोरै दुःख गर्दा विस पचास हजारले खाँचो नहुने थामीले आफ्नो अनुभव सुनाइन ।’
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ