arrow

अमेरिकामा गृहयुद्ध : सजाय भने विश्वका सबै मुलुकलाई !

हेर्नुस् यही देखाउँछ १ सय ५५ वर्षको पेट्रोलियम पदार्थको भाउले

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७३ पुष १३ बुधबार
civil-war-in-america.jpeg
काठमाडौं । नेपालमा कायम गरिने पेट्रोलियम पदार्थको भाउ पूरापुर मात्रामा अन्तराष्ट्रिय बजारमा रहेको भाउले निर्धारण गर्ने गरेको छ । किनकी हामीहरु विशेषगरी पेट्रोलियम पदार्थमा अन्तराष्ट्रिय बजारमा नै निर्भर रहेका छौं । जुन अस्वभाविक मान्न सकिँदैन ।
 
पेट्रोलियम पदार्थको विकल्प खोज्न सकिन्छ । तर, यो अरुसँग निर्भर हुन्न भन्नको लागि अमेरिका जस्ता मुलुकहरुले समेत सकिरहेका छैनन् । तर, मंगलबार मात्रै हाम्राकुराले लेखिसकेको जापानमा पेट्रोलको विकल्पको खोजी अन्तिम चरणमा पुगेको कुरालाई आत्मसाथ गर्ने हो भने धेरैहदसम्म पेट्रोलियम पदार्थको खपत भने घट्न सक्छ । 
 
अन्तर्राष्ट्रिय बजारमा कुनै समस्या सिर्जना भयो भने सबैभन्दा बढी पेट्रोलियम पदार्थको माध्यमबाट विश्वभरी नै यसको प्रभाव देखिन्छ । अझ यो अमेरिका लगायतका मुलुकमा त परेको आन्तरिक समस्याको समेत पीडा विश्वले भोग्नुपर्ने गरेको इतिहाँसका पानामा भेट्न सकिन्छ । 
 
विगत १ सय ५५ वर्षको पेट्रोलियम पदार्थ व्यापारको इतिहासले पनि यही देखाएको छ कि विश्वमा त्यस्ता कुनैपनि मुलुक आन्तरिक गृहयुद्धमा फसेको अवस्थामा समेत त्यसको प्रत्यक्ष असर तेलको माध्यमबाट विश्वले भोग्नु पर्छ । 
 
सन् १८६२ देखि १८६५ सम्म विश्वमा तेलको भाउ सबैभन्दा उच्च विन्दूमा पुगेको तथ्याङ्क गोल्डमेन स्याच् ग्लोबल इन्भेष्टमेन्ट रिसर्चले देखाएको छ । २०१४ सालसम्म गरेको उसको रिसर्चले त्यो ३ वर्षको समयावधिमा कच्चा तेलको मुल्य १ सय २२ अमेरिकी डलर प्रति ब्यारेलसम्म पुगेको देखाएको छ । त्यतिबेला अमेरिकी गृहयुद्ध चलिरहेको थियो । यसैको असरले गर्दा सो समयमा १ सय ५५ वर्षकै सबैभन्दा बढी मुल्य तेलको बेहोर्नु परेको थियो । 
 
त्यसपछिको सबैभन्दा उच्च विन्दूमा तेलको मुल्य सन् २०११ सालमा पुगेका छ । त्यतिबेला कच्चा तेल समग्रमा हेर्दा १ सय १७ अमेरिकी डलर प्रति व्यारेलसम्म पुगेको थियो । त्यही दुई समयको बीचमा पनि १९८० र २०००मा तेलको मुल्य आकाशिएको देखिन्छ ।
 
यी दुई वर्षमा क्रमशः १०५ र १०७ अमेरिकी डलर प्रति व्यारेल पुगेको अध्ययनले देखाएको छ । यसरी मुल्य बढेको समय १९८० मा युद्धको कारणले आपूर्ति हुन नसक्दा माग बढी यसको मुल्य पनि बढेको हो र २००० मा भने एशियाको बढ्दो विकासका कारण तेलको माग उत्पादनको तुलनामा बढी हुन पुगेकोले कुल्य बृद्धि भएको बताईएको छ । 
 
त्यस्तै, १९३० मा भने तेलको मुल्य सबैभन्दा न्यून विन्दूमा पुगेको देखिएको छ । त्यस्तैगरी, १८९१ मा पनि १९३० कै हाराहारीमा मुल्य न्यून अवस्थामा पुगेको देखिन्छ । यसरी तेलको मुल्य घट्नुको कारण भने चर्काे आर्थिक मन्दीका कारण तेलको माग कम भई तेलको मुल्य पनि न्यून भएको देखिन्छ । 
 
अर्काको भरमा तेलको मुल्य 
आज अर्थात् बुधबार विश्वमा तेलको मूल्य ५३.९ अमेरिकी डलर प्रति व्यारेल पुगेको छ । यो पनि सामान्य भन्दा बढी रहेको यस अघिको तथ्याङ्कले देखाएको छ । तर पनि यो अमेरिकी गृहयुद्धको समयमा पुगेको मूल्य भन्दा २.२५ प्रतिशत कम हो । 
 
यसरी अमेरिकाको गृहयुद्धसँग कुनैपनि सरोकार नै नरहेका विश्वका मुलुकहरु त्यही गृहयुद्धको कारण मूल्यबृद्धिको चपेटामा परेको देखिन्छ  । त्यसैले पेट्रोलियम पदार्थ नभएर पनि नहुने तर, हुँदा पनि सानो कारणले पनि मुल्य बृद्धि भईहाल्ने प्रवृत्तिको रहेको देखिएको छ । यसको विशेष मार नेपाल जस्तो अल्प विकसित देशलाई पर्ने गरेको छ । 
 
कहिले र किन भएको थियो अमेरिकामा गृहयुद्ध ?
अमेरिकामा १८६१ देखि १८६५ सम्म गृहयुद्ध चलेको थियो । दासताको विरोध, वर्गबादको विरोध, आफ्नाहरुलाई गरिनेगरेको संरक्षणवादको विरोध, प्रदेशको अधिकार, प्रादेशिक सेनाको व्यवस्था लगायतका मागहरु राखी त्यतिखेर आन्दोलन भएको थियो । 
 
तत्कालीन समयमा १८६१ अप्रिल महिनामा आन्दोलनकारीहरुले सरकारी किल्लामाथि हमलागरेपछि युद्ध औपचारिक रुपमा सुरु भएको थियो । जुन १८६५ सम्म चल्यो । अमेरिकाको पश्चिमी भूमिमा भएको उक्त युद्धमा ६ लाख २० हजारदेखि ७ लाख ५० हजारसम्म दुबैपक्षको गरी सेनाको ज्यान गएको अनुमान गरिएको छ । तेलको मूल्य कहिले के कारणले घटेको थियो भन्ने जानकारी विस्तृतमा हामी आगामी अंकमा प्रस्तुत गर्नेर्छौ । 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ