arrow

संसद स्थगनको श्रृंखला जारी

logo
प्रकाशित २०७३ पुष १३ बुधबार
sansad-nirwachan.jpg.jpeg

काठामाडौं । व्यवस्थापिका संसदको बैठक फेरि पनि अवरुद्ध भएको छ । संविधान संशोधन विधेयकको विरुरोधमा रहेका विपक्षी दलले फेरि पनि बैठक चल्न नदिएका हुन् ।

विपक्षी मार्चाबाट परिवार दलका एकनाथ ढकालले बोलेर विरोध गरेपछि बैठक स्थगित भएको हो । ढकालले संविधान संशोधन विधेयक असंवैधानिक भएकाले फिर्ता गर्न माग गरे ।

ढकालले बोलेपछि एमाले सहित विपक्षी दलका सांसद आआफ्नो ठाउँबाट उठे । सभामुखले बस्न अनुरोध गरेपनि विपक्षी दलका सांसद नबसेपछि बैठक विहिबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको हो ।

संसद बैठक बस्नु अघि मुख्य तीन दलका नेताहरुबीच छलफल भए पनि सदनको अवरोध खोल्ने विषयमा सहमतति जुट्न सकेन । माओवादी नेताहरुले एक दुई दिनमा सहमति जुट्ने बताइरहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ